काठमाडौं– हङकङका थप दुई विश्वविद्यालयबाट तियानमेन नरसंहारको सम्झनामा बनेका स्मारक हटाइएको छ।
चाइनिज युनिभर्सिटी अफ हङकङ (सीयूएचके)बाट लोकतन्त्रको देवी र लिङ्नान विश्वविद्यालयको स्मारक हटाइएको छ।
बुधवार हङकङ विश्वविद्यालयबाट तियानमेन नरसंहारको सम्झनामा लोकप्रिय स्मारक 'पिलर अफ सेम' हटाएको हो।
उक्त स्मारकमा सन् १९८९ मा प्रजातन्त्र समर्थक आन्दोलनका क्रममा मारिएका मानिसहरूको शवको थुप्रो चित्रण गरिएको थियो।
सन् १९८९ मा चीनको राजधानी बेइजिङको तियानमेन स्क्वायरमा प्रजातन्त्रको समर्थनमा ठूलो विरोध प्रदर्शन भएको थियो। उक्त विरोधलाई रोक्न चीन सरकारले प्रदर्शनकारीमाथि गोली चलाएको थियो ।
हङकङमा प्रजातन्त्रको समर्थनमा र चीनविरुद्ध प्रदर्शन जारी छ। चीनबाट विरोधलाई दबाउन प्रयास भइरहेको छ। स्मारक हटाउने पहल पनि यसैको एउटा पाटोका रूपमा लिइएको छ।
यसअघिको स्मारकलाई सन् १९८९ मा चिनियाँ विद्यार्थीहरूले उखेलेका थिए र तियानमेन गोलीकाण्डको एक दिनअघि तियानमेन स्क्वायरमा सारिएको थियो।
सीयूएचकेले स्मारक हटाउने कुराको पुष्टि गरेको छैन तर अनधिकृत स्मारक हटाइएको बताएको छ।
विश्वविद्यालयले भनेको छ– विश्वविद्यालयले क्याम्पसमा यो स्मारक स्थापना गर्न अनुमति दिएको छैन र यसको मर्मत सम्भार र व्यवस्थापनको जिम्मेवारी कुनै पनि संस्थाले लिएको छैन ।
यसै क्रममा लिङ्नान विश्वविद्यालयबाट पर्खालमा कोरिएको पेन्टिङ हटाइएको छ ।
विश्वविद्यालयले भर्खरै कानुनी वा सुरक्षा जोखिम निम्त्याउन सक्ने कुनै पनि सामग्री हटाउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।