काठमाडौं– नाइजेरियाले कोरोनाविरुद्धको खोप एस्ट्राजेनेकाको १० लाखभन्दा बढी डोज नष्ट गरेको छ। नाइजेरियाका स्वास्थ्य अधिकारीहरुले म्याद गुज्रेका खोपहरु नष्ट गरेका हुन्।
स्वास्थ्य अधिकारीहरूका अनुसार उक्त खोप पश्चिमी राष्ट्रहरूले दान गरेका थिए। राजधानी अबुजाको एउटा डम्प साइटमा उक्त खोपहरु पत्रकार र स्वास्थ्य अधिकारीहरूको रहोबरमा नष्ट गरिएको रोयटर्सले बताएको छ।
उक्त खोप नाइजेरियाका अधिकारीकाले प्रयोग नगरी नोभेम्बरमा करिब १० लाख खोपको म्याद सकाएको आशंका गरिएको छ।
तर, एक अर्ब भन्दा बढी जनसंख्या रहेको नाइजेरियामा सरकारले थप खोप वितरणको लागि जोड दिइरहेको छ। यही बेला भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित पनि अफ्रिकी राष्ट्रहरुमा बढेकाले सरकारले खोप कार्यक्रम अगाडि बढाउने बताएको हो।
नाइजेरियामा महामारी सुरु भएदेखि २ लाख २७ हजार ३७८ संक्रमित फेला परेका छन् भने २ हजार ९८९ संक्रमितको मृत्यु भएको छ।
विश्व स्वास्थ्य सङ्गठनले डिसेम्बर १९ सम्म नाइजेरियामा १२ करोड ९७ लाख १ हजार ७२९ खोप डोजहरू दिइसकेको बताएको छ। तर, स्वास्थ्य मन्त्री ओसागी एहानिरेले नाइजेरियाले अब कम म्याद भएको खोपहरू अनुदानमा नलिने बताएका छन्।
नाइजेरियाले अर्को वर्षको अन्त्यसम्म आफ्नो आधाभन्दा बढी जनसंख्यालाई खोप लगाउने लक्ष्य पूरा गर्न आफ्नो खोप अभियानलाई तिव्रता दिनुपर्ने स्वास्थ्य विज्ञहरुले बताएका छन्। उनीहरुका अनुसार नाइजेरियाले आफ्नो लक्ष्य पूरा गर्न प्रतिदिन १ लाखभन्दा बढी खोप लगाउनुपर्ने छ।
हालसालै अन्य धेरै अफ्रिकी देशहरूमा जस्तै नाइजेरियाले खोप आपूर्तिमा बृद्धि गरेको छ। यद्यपि, त्यहाँका नागरिकहरू भने खोप लगाउन आनाकानी गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।