दमासकस- इस्लामिक स्टेट्स (आइएस) लडाकुहरूको नियन्त्रणमा रहेको सिरियाको रक्कामा भएको हवाइ हमलामा परी कम्तीमा ४५ सर्वसाधारण मारिएका छन्।
अमेरिका नेतृत्वको संयुक्त सेनाले गरेको हवाइ कारबाहीमा परी मारिनेमा सबै आम नागरिक रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।
मृत्यु हुनेमा बालबालिका र महिला पनि रहेका छन्। आतंकवादविरुद्धको अमेरिकी नेतृत्वको गठबन्धन सेनाले आतंकवादीहरू बस्ने गरेको भवनहरूमा आक्रमण गरेको थियो।
पछिल्लो समयमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले शृङ्खलाबद्ध आक्रमण बढाउँदै लगेको छ। हवाइ आक्रमण बढ्दै गर्दा दैनिक रूपमा मृत्यु हुने नागरिकको संख्यामा पनि वृद्धि भएको अधिकारीहरूले बताएका छन्।
सिरियाको विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघलाई पत्राचार गर्दै अमेरिकी नेतृत्वको गठबन्धन सेनाबाट भएको ‘अपराध’ रोक्न विश्व समुदायलाई आह्वान गरेको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।