• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

दुई न्यायाधीशको राय बाझिँदा धितोपत्र बोर्ड फर्कने ढुंगानाको जोडबलमा 'धक्का'

64x64
नेपाल लाइभ शुक्रबार, पुस ९, २०७८  १२:५६
1140x725

काठमाडौं- नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट बर्खास्तीमा परेका भिष्मराज ढुंगानाको सर्वोच्च अदालतमार्फत् पुनर्बहाली हुने जोडबलमा 'धक्का' लागेको छ। पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पुगेका ढुंगानाको मुद्दामा दुई न्यायाधीशको राय बाझिएपछि उनी बोर्डमा फर्कने सम्भावना तत्काललाई टरेको हो।

न्यायाधीशहरु प्रकाशमान सिंह राउत र कुमार चुडालको इजलासमा पुस ७ गते पेसी रहेको मुद्दामा दुई न्यायाधीशबाट फरक-फरक राय आएको छ। अब उक्त मुद्दा तीन जना वा सोभन्दा धेरै न्यायाधीश संलग्न हुने पूर्ण इजलासमा गएको छ।

न्यायाधीश राउत र चुडालका बीचमा ढुंगानालाई पुनर्बहाली गर्ने र सरकारले पदबाट बर्खास्त गरेको निर्णय गैरकानुनी ठहर गर्ने कुरामा राय बाझिएको हो। एक न्यायाधीशले सरकारको निर्णय बदर गर्ने राय राखे भने अर्का न्यायाधीशले सरकारको निर्णय सदर गर्ने भनेपछि मुद्दा लम्बिने भएको छ। अब उनको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुनेछ। उक्त इजलासमा अहिले फैसला सुनाएका न्यायाधीशबाहेकका न्यायाधीहरु रहने छन्।

फैसलाका क्रममा राय बाझिएपछि ढुंगानाको मुद्दा अब अर्को नयाँ इजलास गठन भएर सुनुवाइ गर्नुपर्ने भएकाले तत्काल पुनर्बहाली हुने सम्भावना टरेको हो। दुई न्यायाधीशका बीचमा राय बाझिको फैसला तयार भएपछि मात्र मुद्दाको थप प्रक्रिया अघि बढ्नेछ।

सरकारले गैरकानुनी रुपमा हटाएको र आफूमाथि अन्याय भएको भन्दै उनले कात्तिक ७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले मुद्दामा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारलाई विपक्षी बनाएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्‍याइ बोर्डको हित र पुँजीबजारको विकास तथा पदीय आचरणविपरीत काम कारबाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद्को  बैठकले जाँचबुझ समिति गठन गरेको थियो। सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको थियो। उनले छोरी रेविका ढुंगाना धितालको नाममा सर्वोत्तम सिमेन्टको ‘गोल्डेन सेयर’ खरिद गरेको आरोप लागेको थियो। नियामक निकायको नेतृत्वमा रहेका उनीमाथि उक्त सेयर खरिद गरेर सेयर बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गर्न सहयोग गरेको आरोप छ। सोही आरोपमा मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बोर्डको अध्यक्षबाट हटाएको थियो। 

यो पनि पढ्नुहोस्

कोरोना कहरमा डेढ करोडको गाडी किन्दै धितोपत्र बोर्ड अध्यक्ष ढुंगानामंगलबार, भदौ ३०, २०७७

अर्थ मन्त्रालयको सिफारिसमा उनलाई बर्खास्त गर्ने निर्णय भएको थियो। सरकारले यसअघि उनलाई सोधेको स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको थियो।

त्यसअघि असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेकोमा ढुंगानाले असोज १७ गते आइतबार स्पष्टीकरण बुझाएका थिए। ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सकारलाई प्रतिवेदन बुझाएको थियो। जाँचबुझ समितिको सिफारिसको आधारमा उनलाई स्पष्टीकरण सोध्ने निर्णय सरकारले गरेको थियो।

Xtrem
Xtrem

जग्गा खरिदमा पनि अनियमितताको आरोप
ढुंगानाले कार्यालयका लागि जग्गा खरिदका क्रममा आर्थिक अनियमितता गरेकोसमेत अध्ययनमा पाइएको थियो। उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित छानविन समितिले जग्गा खरिदका क्रममा ढुंगानाले अनियमितता गरेको निष्कर्ष निकालेको थियो।

यो पनि पढ्नुहोस्

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयमंगलबार, असोज १९, २०७८

बोर्डको कार्यालयका लागि ढुंगानाले करिब ४६ करोड रूपैयाँ रकममा जग्गा खरिद गरेका थिए। जग्गा पास नहुँदै उक्त रकम बुझाइएको थियो। सात रोपनी जग्गाका लागि बोर्डले बुझाएको उक्त रकमसमेत फसेको छ। विवादित जग्गाका लागि ढुंगानाले रकम बुझाएका थिए।

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको नाममा काठमाडौंस्थित जडीबुटीमा रहेको जग्गा खरिद गरिएको थियो। सात रोपनी भनी खरिद गरिएको उक्त जग्गामा मनोहरा जग्गा एकीकरण आयोजनाले अधिग्रहण गर्दा जग्गाको क्षेत्रफल दुई रोपनी घटेको छ। बोर्डका लागि पाँच रोपनीमात्रै जग्गा कायम हुने भएपछि पास हुन सकेको छैन। जग्गा पास नहुँदै रकम भुक्तानी हुनुमा ढुंगानाले आर्थिक लाभ लिने नियत राखेको देखिएको छानविन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।

यो पनि पढ्नुहोस्

धितोपत्र बोर्डका अध्यक्षले मासिक भत्ता तीन गुणा बढाएमंगलबार, असोज ६, २०७७

यो पनि पढ्नुहोस्

सेयर खरीद प्रकरणमा अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्षलाई सोध्यो तीन दिने स्पष्टीकरणबिहीबार, साउन १४, २०७८

यो पनि पढ्नुहोस्

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथि छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदनमंगलबार, असोज ५, २०७८

 

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  १२:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
मौसममा फेरि जोखिम : सरकार उच्च सतर्कतामा, कार्यबहाक प्रधानमन्त्रीले लिए पूर्वतयारीको जानकारी
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
मौसममा फेरि जोखिम : सरकार उच्च सतर्कतामा, कार्यबहाक प्रधानमन्त्रीले लिए पूर्वतयारीको जानकारी बुधबार, असोज ७, २०८३
एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने अनुमान बुधबार, असोज ७, २०८३
पोखराबाट अब सिधै दुबई : फ्लाई दुबईको पहिलो नियमित उडान अवतरण बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्