काठमाडौँ– मंगलबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अङ्कले बढेको छ।
६ अङ्कले बजार बढ्दा परिसूचक २६४६.८४ बिन्दुमा पुगेर कारोबार रोकिएको छ।
आज फाइनान्स समूहका कम्पनीको मूल्य बढ्यो। समग्रमा यो समूहको सूचक २.६५ प्रतिशतले बढेको छ। आज फाइनान्स समूहअन्तर्गत १४ कम्पनी फाइदामा गए, एउटाको मूल्य भने घटेको छ।
आज कुल १२६ कम्पनीको मूल्य बढेको छ। यसमध्ये सप्तकोशी विकास बैंक, नाग्दी जलविद्युत्, प्रभु महालक्ष्मी इन्स्योरेन्सको मूल्यमा सर्किट लाग्यो। सिन्धु विकास बैंक र समृद्धि फाइनान्सको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
कारोबार रकमका हिसाबले पनि आज सिन्धु विकास बैंक अग्रस्थानमा रह्यो। यसको आज १६ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार कुल ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भयो।
१०७ कम्पनीको मूल्य घट्दा आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्न पुग्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।