• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २१, २०८३ Sun, Jul 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चुनावकेन्द्रित दौडाहामा ओली

64x64
डिबी खड्का बिहीबार, पुस ८, २०७८  २०:००
1140x725
बिहीबार पर्सामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली।

काठमाडौं- चितवन महाधिवेशनबाट निर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेको निर्णय थियो- 'पुस मसान्तसम्म सबै तहका पार्टी कमिटीहरूले आ–आफ्नो कार्यक्षेत्र भित्रको पार्टी प्रवेश सम्भावनाको आकलन गर्ने, प्रवेश गर्ने सम्भावित व्यक्तिहरूको सूची तयार गर्ने र प्रवेशको तयारीका लागि निश्चित व्यक्तिलाई जिम्मेवारी प्रदान गर्ने।'

एमालेले गरेको यो निर्णयअनुसार माघ र फागुन महिनामा विशेष कार्यक्रम आयोजना गरी पार्टी प्रवेश अभियान सञ्चालन हुने थियो। तर, एमाले अध्यक्ष ओली यति हतारोमा देखिए कि कार्ययोजना भन्दा चाँडै नै यो निर्णय कार्यान्वयनमा सक्रिय बनेका छन्।

दुई दिनअघि कपिलवस्तुको बहादुरगञ्जमा 'ठूलै पार्टी प्रवेश कार्यक्रम' गरेर जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तालाई एमालेमा भित्र्याएका ओलीले बिहीबार पर्साको जगरनाथ पुगेर गाउँपालिका अध्यक्षसहित माओवादी केन्द्रका नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराए। 

आयोग र ओलीको मिल्दो लय
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका जगरनाथ गाउँपालिकाका अध्यक्ष जालिम मियाँलगायतलाई स्वागत गर्ने कार्यक्रममा ओलीले निर्वाचन सकेसम्म चाँडो हुनुपर्ने बताए। तत्कालीन नेकपामा संकट सिर्जना भएपछि गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेर निर्वाचन मिति तोकेका ओलीले बिहीबार पर्साको कार्यक्रममा भने, 'वर्तमान सरकार जनताले बनाएको पनि होइन। जनताका लागि पनि होइन। त्यसैले सकेसम्म चाँडो निर्वाचनमा जानुपर्छ।'

सरकारले चाँडै चुनावको मिति तय गर्ने एमालेको आकलन छ। स्थानीय तहको अवधि सकिनै लागेका बेला तीन तह (स्थानीय तह, प्रदेश र संघीय संसद) कै निर्वाचन एकैपल्ट गर्दा आयोगलाई सहज हुने बहस उठ्न थालेका छन्। एमाले अध्यक्ष ओलीले वर्खा लाग्नुअघि नै सरकारले निर्वाचन गराउन सक्ने सम्भावना देखेर चुनावकेन्द्रित गतिविधिलाई तीव्रता दिइरहेको देखिन्छ।

ओलीकै पालामा निर्वाचन आयोगको प्रमुख आयुक्त नियुक्त भएका दिनेशकुमार थपलियाले वैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गराउने तयारी आयोगले गरिरहेको अभिव्यक्ति दिइरहेका छन्। 

गत शुक्रबार संखुवासभाको खाँदबारीमा आयोजित कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन वैशाखभित्र सम्पन्न गराउन आयोगले तयारी थालिसकेको बताएका थिए। बुधबार पनि उनले २० वैशाखभित्र स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नेगरी आयोगले तयारी गरिरहेको बताए।

देशका सबै स्थानीय तहमा एकैसाथ निर्वाचन गर्नेगरी तयारी थालिएको उनको भनाइ छ। ‘केही दिन भित्रमा स्थानीय तहको निर्वाचनका लागि सरकारलाई मिति घोषणा गर्नका लागि सिफारिस गर्ने प्रक्रियामा छौं,’ उनले भने, ‘पुस २० गतेसम्म मतदाता नामावलीमा नाम दर्ताका लागि समय तोकिएकाले त्यसलगत्तै मिति घोषणा हुन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

यतिबेला देशैभर मतदाता नामावलीमा नाम दर्ताको काम चलिरहेको छ। यो प्रक्रिया आयोगले थप गरेर पुस २० गतेसम्म पुर्‍याएको छ। आयोगले सरकारलाई एकै चरणमा निर्वाचन गर्नुपर्ने आफ्नो धारणासहित सिफारिस गर्ने तयारी गरेको छ। यसअघि आयोगका पदाधिकारीहरुले प्रधानमन्त्रीसँग गरेको छलफलमा पनि एकै चरणमा निर्वाचन गर्नुपर्ने सुझाव दिइएको थियो।

यसरी हेर्दा ओली र आयोगको लय मिल्न थालेको देखिएको छ। सकेसम्म तीन तहकै निर्वाचन एकैपल्ट वैशाखमा, नभए स्थानीय तहका लागि भए पनि बलियो तयारी जरुरी रहेको ओलीको बुझाइ छ। पाँच दलीय गठबन्धनको सरकार भएकाले निर्वाचनसम्म पुग्दा आउने चुनौतीको आकलन समेत ओलीले गरेका छन्।

ओलीका भाषण पनि चुनावी 
ओली अहिले सहभागी हुने कार्यक्रममा चुनावलक्षित भाषण गरिरहेका छन्। उनले सम्बोधनको अधिकांश समय एमालेको ९ महिने शासनकालमा र आफूले साढे तीन वर्ष सरकार चलाउँदा गरेका कामको फेहरिस्त सुनाउने गरेका छन्। 

बिहीबार पर्सामा पनि उनले एमालेको सरकारले ज्येष्ठ नागरिकलाई  भत्ता दिन सुरु गरेको बताउँदै आफ्नो पालामा महिनामा चार हजार रुपैयाँ भत्ता पुर्‍याएको उल्लेख गरे। उनले भने, 'महिनाको सय रुपैयाँबाट सुरु गरेको ज्येष्ठ नागरिक भत्ता दिनको १३३ रुपैयाँ पुर्‍याइएको छ। ज्येष्ठ नागरिकलाई मात्रै होइन, समाजमा पछि परेका अशक्त, अपांगता भएका, एकल महिलालगायत सामाजिक जीवनका पछाडि परेकाहरुलाई भत्ता दिन सुरु गरेका छौं।'

सुरक्षाकर्मीलाई लक्षित गरेर आफूले २०५१ सालमा गृहमन्त्री हुँदा प्रहरी र सिपाहीलाई श्रेणीविहीनबाट श्रेणीमा रुपान्तरण गरेको ओलीले उल्लेख गरे। सडक बालबालिकाको उद्धार गरेको, सडक निर्माणलगायतका विषय पनि उनले दोहोर्‍याइरहेका छन्। 

ओलीले थपे, 'नेकपा एमालेको सरकार रहेको साढे तीन वर्षमा कति उन्नति प्रगति भए, तपाईंहरुले देख्नुभयो। टोर्नाडोले ८९९ घर भत्किएका थिए। सरकारले केही महिनामै बनायो। २०७२ सालको भूइँचालोले भत्काएका ७ लाख बढी घर निर्माण भए। जनता आवास कार्यक्रम सञ्चालन गरेर घरविहीनलाई घर दिइयो। र, फुस र खरका छानालाई जस्तापाताबाट विस्थापित गरियो।'

केन्द्रमा तराई-मधेश
एमालेको दोस्रो बैठकपछि अध्यक्ष ‌ओली दुई ठूला कार्यक्रममा सहभागी भए। दुवै तराई-मधेशका नेता कार्यकर्तालाई एमालेमा भित्र्याउने लक्ष्यअनुरुप तय भएका कार्यक्रम थिए। कपिलवस्तुको बहादुरगञ्जमा एमालेले 'आगामी उम्मेदवार' पार्टीमा प्रवेश गराएको छ। 

२०४८ सालदेखि विभिन्न पार्टीबाट निर्वाचन लडिरहेका तर 'उपविजेता'मै चित्त बुझाइरहेका मंगलप्रसाद गुप्ता आगामी निर्वाचनमा कपिलवस्तु-३ मा एमालेका तर्फबाट उम्मेदवार बन्नेगरी भित्र्याइएका छन्।

यसैगरी, पर्सामा माओवादीबाट गाउँपालिका अध्यक्ष नै जितेका जालिम मियाँलगायतका नेता-कार्यकर्ता एमालेमा प्रवेश गराइएका छन्। एमालेले पछिल्लो समय तराई-मधेशलाई केन्द्रमा राख्न थालेको छ। प्रदेश २ कै रौतहटबाट समेत राजनीति गर्ने  माधवकुमार नेपालले एमाले फुटाएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि ओलीलाई 'प्रेसर' थपिएको छ। 

नेपाल पार्टीमै हुँदा पनि प्रदेश २ मा एमाले कमजोर नै रहेको थियो। गएको निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरेर देशभर पहिलो पार्टी बन्दा समेत प्रदेश २ मा चौंथोमा चित्त बुझाउनुपरेको थियो। समानुपातिकतर्फ प्रदेश २ मा एमालेले जम्मा १६ दशमलव २५ प्रतिशत मत पाएको थियो। गठबन्धन बनाएर चुनाव लड्दा प्रत्यक्षमा १४ सिट जितेको थियो।

स्थानीय  तहको निर्वाचनमा एमालेको उपस्थिति झन् कमजोर देखियो। प्रदेश २ का १३६ स्थानीय तहमा जम्मा १८ वटामा एमालेले जितेको थियो।

नेताहरू पनि जिल्लामा केन्द्रित
एमालेले नेता-कार्यकर्तालाई आफ्नो निर्वाचन क्षेत्र केन्द्रित हुन निर्देशित समेत गरेको छ। धेरै एमाले नेताहरु यतिबेला आ-आफ्नो जिल्लामा पुगेका छन्। 

यही सन्दर्भमा जिल्लामा माहोल बनाउनेगरी अधिवेशन तोकिएका छन्। पुस २३ गते जिल्ला र प्रदेश अधिवेशन माघ ८ गते गर्ने तयारी एमालेको छ। 

जिल्ला र प्रदेशको नेतृत्व सकेसम्म सहमतिमै टुंग्याउनुपर्ने केन्द्रीय नीति छ। माओवादी केन्द्र छाडेर एमाले रोजेका नेता-कार्यकर्तालाई समेत 'सेटल' गर्नेगरी सहमति जुटाउन भनिएको छ। सहमतिमै नेतृत्व चयन हुँदा आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न सहज हुने एमालेको आकलन छ।

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा स... आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सरकारको सय दिने कामको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाएका हु... आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउन लागेका छन्। अर्थ मन्त्रालयको... आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्