काठमाडौं– 'बिकिनी किलर'को रुपमा कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज गुरुमुखको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीश अनिल कुमार सिन्हाको बिहीबारको इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो।
आफ्नो कैद अवधि भुक्तान भइसकेको दाबीसहित बन्दी प्रत्यक्षीकरणको रिट लिएर शोभराज सर्वोच्च अदालत पुगेका थिए।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सिन्हाको इजलासले शोभराजालाई थुनामा राखिराख्नुपर्ने कारण के हो? ज्येष्ठ नागरिकले पाउने सुविधा उनलाई दिन पर्छ कि पर्दैन? कैद छुट दिन मिल्छ कि मिल्दैन? भन्ने विषयमा ३ दिनभित्र जवाफ दिन सरकारका नाममा आदेश जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।