बाँके– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकताबद्ध बनाएर लैजाने पक्षमा रहेको बताएका छन्।
बिहीबार समाजवादी प्रेस सगठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले चुनावको सिलसिला सुरु भएको र ती चुनावहरुमा आफूहरुले विजय प्राप्त गर्ने पनि बताए।
एकीकृत समाजवादी पार्टीका विभिन्न कामहरू व्यवस्थित हुँदै पालिका, जिल्लाहरुमा कमिटी गठन भइरहेको अध्यक्ष नेपालले बताए।
त्यस्तै, नेपालले एमसीसीको बारेमा छलफल भइरहेको बताउँदै नेपाली जनताको विश्वास जित्न आफूहरू लागेको बताए। नेतालाई मन परेको जनतालाई मन नपर्ने र जनतालाई मन परेको नेतालाई मन नपर्ने कुरामा छलफल गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ।
उनले देशको रक्षा गर्न एकीकृत समाजवादी चिन्तनशील रहेको बताउँदै स्वास्थ्य, शिक्षा, रोजागारीका र जनताको हितका विषयमा पार्टीले गम्भीरतापूर्वक काम गर्ने बताए। उनले प्रतिगमन विरुद्धको आन्दोलन जारी रहेको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।