काठमाडौं- पब्लिक कम्पनी बनेसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारण सभा (एजिएम) आह्वान गरेको छ। नर्भिकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो वार्षिक साधारणसभा आगामी पुस २८ गते बुधबारका आह्वान गरेको हो।
सो दिन थापाथलीस्थित बिएलसी होल्डिङको बोर्ड रुममा साधारणसभा सञ्चालन हुने उल्लेख गर्दै नर्भिकले सेयरधनीहरुलाई सहभागिताका लागि आह्वान गरेको छ।
पहिलो वार्षिक साधारणसभामा संचालक समितिले तयार गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने अजेण्डा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।