पर्सा- स्थानीय तहको निर्वाचनमा पर्सा जगरनाथ गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित जालिम मियाँ मन्सुरी नेकपा एमालेमा प्रवेश गर्दै छन्।
पर्सामा बिहीबार एक कार्यक्रम गरी उनीलगायत माओवादीका जिल्लास्तरका नेता कार्यकर्ता एमाले प्रवेश गराउने कार्यक्रम रहेको छ।
एमालेअ अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साहलगायत नेताहरु पर्सा पुगेका छन्। पर्सामा एमालेले बृहत पार्टी प्रवेश कार्यक्रम राखेको छ।
उक्त कार्यक्रममार्फत् आफूसहितका नेताकार्यकर्ता एमालेमा प्रवेश गर्न लागेको मियाँले नेपाल लाइभलाई बताए। उनले भने, 'हामी धेरै जना माओवादी छाडेर एमाले प्रवेश गर्दैछौं।'
ओलीले उक्त कार्यक्रमलाई सन्देश सभासमेत भनेका छन्। प्रदेश २ सँग बिग्रिएको एमालेको सम्बन्ध सुधारका लागि उक्त मञ्चबाट विशेष सन्देश प्रवाह गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।