बाँके– नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। बिहीबार कोलहपुरमा आयोजित एक कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उनलाई पार्टी प्रवेश गराएका हुन्।
विगत लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा लागेका धिताल दशबुँदे सहमतिपछि एमाले बाँकेको उपसचिव बनेका थिए। तत्कालीन एमालेमा उनी माधव नेपाल समूहमा थिए।
धितालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विधि र विधान विपरीत चलाउन खोजेको तथा दक्षिणपन्थी अवसरवादको भासमा डुबाउँदै लगेकाले आफू कम्युनिस्ट आन्दोलनका प्रमुख व्यक्ति नेपालले नेतृत्व गरेको पार्टी समाजवादीमा लागेको बताए।
समाजको अग्रगतिका निम्ति एमालेका अन्य नेता–कार्यकर्तालाई त्यहाँबाट विद्रोह गरी समाजवादीमा आउन आह्वान गरेका छन्।
‘एमालेमा रहेका बाँकी साथीहरुलाई पनि क्रान्तिकारी पार्टी समाजवादीमा आउन अनुरोध गर्दछु’, समाजवादीमा प्रवेश गरेपछि जारी गरेको विज्ञप्तिमा धितालले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।