काठमाडौं– देशको मुख्य व्यापारिक नाका वीरगञ्जबाट आयात तथा निर्यात बढेसँगै राजस्व संकलनमा उल्लेख्य सुधार भएकोे छ। गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व संकलन गर्न सफल भएको हो।
आर्थिक वर्ष २०७७/७८को साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनामा ५८ अर्ब १५ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरिएकामा चालू आवको सोही अवधिमा ८८ अर्ब ६९ करोड ९२ लाख राजस्व संकलन भएको छ। यो गत आवको सोही अवधिको तुलनामा रु ३० अर्ब ५३ करोड ९२ लाखले बढी हो।
भन्सार विभागलले चालु आवकोसो अवधिका लागि ८२ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो। सो अवधिमा कार्यालयले लक्ष्यभन्दा ६ अर्ब ८ करोड ६६ लाख रुपैयाँ बढी राजस्व संकलन गर्न सफल भएको विभागका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए।
देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट सवारीसाधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व संकलनमा सुधार देखिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।