काठमाडौं– बिहीबार अघिल्लो दिनको तुलनामा सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा ७ सय तथा चाँदीको मूल्य १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाला सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, बुधबार १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज १२ सय ६० रुपैयाँमा प्रतितोलामा कारोबार भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।