काठमाडौं– नेपाली कांग्रेस प्रदेश- २ को नेतृत्व चयनका लागि बिहीबार मतदान सुरु भएको छ। विहान ८ बजेबाट मतदान सुरु हुने भनिएको भए पनि साढे ९ बजेपछि मात्र सुरु भएको हो। जनकपुरस्थित गोपाल धर्मशालामा मतदान सुरु भएको हो।
प्रदेश सभापतिका उम्मेदवारहरु कृष्ण यादव र रामसरोज यादवले भोट खसाल्दै मतदानको सुरुआत गरेका थिए।
निर्वाचन समितिका अनुसार ४ वटा बुथमा मतदान भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि १९८० मतदाताले मतदान गर्ने छन्।
प्रदेश २ मा सभापतिका लागि शेरबहादुर देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन्। त्यस्तै, विमलेन्द्र निधि पक्षबाट रामसरोज यादव प्रतिस्पर्धामा छन्। उनलाई १४औं महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइरालाको पनि साथ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।