काठमाडौं– अखिल नेपाल महिला संघले आफ्नो सातौं राष्ट्रिय सम्मेलन आगामी फागुन २४, २५ र २६ (मार्च ८-१०) गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै जनवर्गीय संगठनलाई तत्काल सम्मेलन गर्न निर्देशन दिएकाले संघले सम्मेलनको मिति तय गरेको हो।
जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल र संघका इन्चार्ज सीता पौडेलको उपस्थितिमा संघका सहइन्चार्ज तथा सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक थममाया थापाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।