काठमाडौं– सरकारले निजामती सेवाका १५ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरुको बुधबार सरुवा गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णयबाट सहसचिवहरुको सरुवा गरेको सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दियो।
सरुवा हुनेमा मधेसी आयोगका लोकनाथ पौडेल काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ।
सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका रहेका देवराज जोशीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकी यमुना प्रधानलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ भने प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव कमल भट्टराईलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।
यता, आदिवासी जनजाति आयोगका भोला दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अख्तियारका नीराजन घिमिरेलाई दलित आयोगमा सरुवा गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शङ्कर नेपाल प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएका छन्। बाराको कलैया उपमहानगरपालिकाका तीर्थ चिलवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका ध्रुव गैँडा बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन्। नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलाई बागमती प्रदेशको उद्योग मन्त्रालयमा सरुवा गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका राजीव पोखरेल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन्। उनी कार्यरत सामान्य प्रशासन महाशाखामा मन्त्रालयकै अतिरिक्त समूहमा रहेका रघुराम विष्टलाई सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।