• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सरकारको पछिल्लो नीतिले बैंकिङ क्षेत्रलाई राहत, ५ दिनमा कर्जाभन्दा ४ गुणा बढी निक्षेप संकलन

64x64
सुमित्रा कार्की बुधबार, पुस ७, २०७८  २०:११
1140x725

काठमाडौं- पछिल्लो पाँच दिनमा बैंकहरूले निक्षेप (बचत) संकलन २७ अर्ब रूपैयाँले बढाएका छन्। यो रकम सोही अवधिमा बैंकहरुले प्रवाह गरेका कर्जा (ऋण)को करिब चार गुणा बढी हो। उक्त अवधिमा बैंकहरूबाट सात अर्ब रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

बैंकहरुमा निक्षेप संकलन बढ्दै जाँदा तरलता सहज हुँदै गएको राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए। ‘विस्तारै तरलता सहज हुँदै गएको छ। कर्जाको ब्याजदर २०७५/७६ मा जस्तो बढ्दैन,’ राष्ट्र बैंकले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने।

श्रेष्ठले प्रस्तुत गरेको देशको वर्तमान आर्थिक अवस्थाअनुसार अर्थतन्त्र पुनरूत्थानमा गएको छ। पुनरूत्थानका क्रममा आयात र कर्जा वृद्धिदर उच्च हुन गएको हो। निर्यात बढे पनि आयातको मात्रा ज्यादै उच्च छ। सो अनुरूप विप्रेषण आप्रवाह (रेमिट्यान्स) नबढ्दा चालु खाता घाटा र शोधनान्तर स्थिति घाटामा रहेको उनको भनाइ छ।

यस्तै, विदेशी विनिमय सञ्चिति पनि घट्दै गएको छ। चालु आर्थिक वर्षमा बढ्दो आयात भुक्तानी गर्न कर्जा प्रवाह पनि उच्च दरले बढेको छ। निक्षेपको वृद्धिदर कोभिडपूर्वको अवस्थामा रहे पनि कर्जाको वृद्धिदरभन्दा कम रहेकोले तरलता अभावको अवस्था सिर्जना भएको छ। यी समस्या नयाँ नभइ समय-समयमा नेपाली अर्थतन्त्रमा दोहोरिने गरेको डा. श्रेष्ठको भनाइ छ। स्वदेशी मुद्रा बाहिर परिवर्तनीय नभएको अवस्था, निर्यात कमजोर भइ आयातमा निर्भरता बढिरहेको सन्दर्भमा यी दुवै समस्या बेला-बेला देखापर्ने उनको भनाइ छ। 

तरलता बढाउने सरकारी नीति
केही महिनायता तरलताको समस्या झेल्दै आएका बैंक तथा वित्तीय संस्थाहरूलाई सरकारको पछिल्लो नीतिले केही राहत दिएको छ। सरकारले केही दिनअघि स्थानीय तहको सञ्चित कोषबाट बैंकहरुले निक्षेपको रुपमा परिचालन गर्न पाउने रकमको सीमा बढाएर ८० प्रतिशत पुर्‍याउने निर्णय गरेको थियो।

उक्त निर्णय कार्यान्वयनमा आएसँगै बैंकिङ क्षेत्रमा कर्जाको तुलनामा निक्षेप संकलन चार गुणाले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ। केही दिन अघिसम्म बैंकहरुले परिचालन गर्ने कर्जाको तुलनामा निक्षेप संकलन निकै न्यून रहँदै आएको थियो। 

यसअघि स्थानीय तहको सञ्चित कोषबाट निक्षेपको रुपमा परिचालन गर्न पाउने रकमको सीमा ५० प्रतिशत कायम थियो। सरकारले यसलाई बढाएर ८० प्रतिशत बनाएको हो। 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह सरकारको पछिल्लो नीतिले बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप संकलन बढेको बताउँछन्। ‘सरकारको यस नीतिले बजारमा लगभग ५० अर्ब जति निक्षेप आउने अनुमान गरिएको छ,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

विदेशी पर्यटकको आगमन ठप्प हुनु र रेमिट्यान्स घट्नुले तरलतामा समस्या हुन पुगेको सीईओ शाहले बताए। ‘आन्तरिक पर्यटकको चहलपहल बढेता पनि यसको पैसा एउटा खल्तीबाट अर्को खल्तीमा जाने मात्र हो। पछिल्लो समय रेमिट्यान्स घटेको छ। यसले गर्दा तरलतामा समस्या परेको हो,’  उनले भने।

सीईओ शाहका अनुसार बैंकहरूले कर्जा परिचालन ठूलो मात्रामा बढाए। जसले गर्दा पनि तरलतामा चाप पर्न गएको हो। ‘राष्ट्र बैंकले सीसीडी रेसियोबाट सीडीमा आउँदा बजारबाट १६८ अर्ब रुपैयाँ घट्यो। राष्ट्र बैंकले अर्को व्यवस्था फरेन करेन्सी (विदेशी मुद्रा)बाट आउने पैसालाई निक्षेपमा गन्न छाडियो। यसले १०० अर्ब जति तरलता घट्यो,’ उनले भने।

तरलता व्यवस्थापनमा सरकारले चालेको पछिल्लो कदम केही सकारात्मक भएको शाह बताउँछन्। ‘आयातमा शतप्रतिशत क्यास मार्जिन राखिएको छ। यसले गर्दा आयात कम हुन्छ। आयात कम हुनेबित्तिकै कर्जाको सीमा पनि घट्छ। यसले तरलता बढाउन मद्दत गर्छ,’ उनले भने।

तरलता सहज बनाउन राष्ट्र बैंकको प्रयास
बजारमा देखिएको तरलता अभावलाई सम्बोधन गर्न राष्ट्र बैंकले निरन्तर प्रयास गरिरहेको छ। राष्ट्र बैंकले विभिन्न माध्यमबाट बजारमा पैसा पठाउने काम गरिरहेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चालु आर्थिक वर्षको पुस ५ गतेसम्म स्थायी तरलता सुविधामार्फत् राष्ट्र बैंकले २५ सय अर्ब रूपैयाँ, ओभरनाइट रिपोमार्फत् ६९ अर्ब रूपैयाँ, रिपोमार्फत् २२० अर्ब रूपैयाँ र सोझै खरिदमार्फत् २७ अर्ब रूपैयाँ पैसा लगानी गरेको छ। 

कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) २०७९ असारसम्म ९० प्रतिशत कायम राख्नुपर्ने व्यवस्था गरिएको छ। हालसम्म ९२ अर्ब रूपैयाँ पुनर्कर्जा सुविधा उपलब्ध गराइएको छ। सरकारले स्थानीय तहको कोषबाट बैंकहरूले निक्षेपको रुपमा परिचालन गर्न पाउने रकमको सीमा बढाएर ८० प्रतिशत पुर्‍याएको छ।

राष्ट्र बैंकले शोधनान्तर घाटाको सम्बन्धमा चाँदी आयात गर्नका लागि विदेशी मुद्राको उपलब्धतामा सीमा तोकिदिएको छ। केही वस्तुहरूको आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरिदिएको छ। वैदेशिक रोजगारीमा रहेकाहरूलाई बैंक खातामा एक प्रतिशत थप दिइने व्यवस्था गरेको छ।

यस्तै, गैरआवासीय नेपाली तथा उनीहरू सम्बद्ध संस्थाहरूले विदेशी मुद्रामा बचत तथा मुद्दती खाता खोल्नसक्ने व्यवस्था गरेको छ। वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई सटही गर्न पाउने व्यवस्थासमेत गरिएको छ। राष्ट्र बैंकले अवैध ढंगले भइरहेको सुन आयातलाई समेत नियन्त्रण गरेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  २०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्