• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

धर्म परिवर्तन गर्न बाध्य एक बंगलादेशी हिन्दू परिवार, जो केही समय मुसलमान बने

सैदुल इस्लाम सोमबार, पुस १२, २०७८  ०७:०४
1140x725
सचिन्द्र चन्द्र आइजको परिवार।

ढाका– मुक्ति संग्राम (बंगलादेशको स्वतन्त्रताका लागि भएको युद्ध)को समयमा बंगलादेशमा धेरै हिन्दूहरुले धर्म परिवर्तन गर्न बाध्य भए। आफ्नो ज्यान बचाउनकै लागि उनीहरूले धर्म परिवर्तन गरेका थिए। सचिन्द्र चन्द्र आइचको परिवार सन् १९७१ मा यस्तै भयानक अवस्थाबाट गुज्रिनु परेको थियो।

सचिन्द्र कुनै बेला मैमनसिंह शहरमा ‘सचिन सर’को नामबाट चिनिन्थे। त्यो बेला मैमनसिंह सिटी कलेजमा उनी अंग्रेजीको शिक्षक थिए।

सचिन्द्रका अनुसार १९७१ मार्च २५ मा उनीहरुको शहरमा पनि हिन्दू र ‘अवामी लिग’का सदस्यहरुको हत्या र घरमा आगजनी भएको थियो। हिन्दू समुदायका सबै सदस्य यसबाट प्रताडित थिए। त्यसपछि उनीहरु गाउँ गए।

‘युद्धको सुरुवातमा ३१ मार्चमा हामी सबै शिवरामपुर गाउँ गयौं,’ सचिन्द्र सम्झिन्छन्, ‘गाउँमा निकै दिन बिताएपछि हामीसँग भएको पैसा सकियो। तब, म आफ्ना मुस्लिम साथीहरूको सहयोगले शहर फर्किएर आएँ। म मुस्लिम साथीहरूकै घरमा बसेको थिएँ।’

जीवन र जागिर बचाउन धर्म परिवर्तन
सिटी कलेजमा कार्यरत भए पनि हिन्दू भएका कारण सचिन्द्र आफ्नो जागिरमा जान पाएका थिएनन्। ‘त्यो बेला जो प्रधानाध्यामक थिए, उनले भनेका थिए- तपाईं स्कुल कसरी आउनुहुन्छ? जो स्थानीय छन्, जो विहारी छन्, उनीहरुले हिन्दूलाई देख्न सक्दैनन्,’ सचिन्द्र सम्झिन्छन्, ‘त्यसैले हामीमाथि कसैले जबर्जस्ती नगरे पनि ज्यान र जागिर बचाउनका लागि बाध्य भएर ठूलो मस्जिद गएर स–परिवार इस्लाम धर्म अपनाउनु परेको थियो। त्यसपछि मैले जागिरमा जान सुरु गरें।’

त्यति बेला उनको श्रीमती, आमाबुबा, दिदीबहिनी सबैले इस्लाम धर्म मानेका थिए। सचिन्द्रकी बहिनी कानन सरकार भन्छिन्, ‘विभिन्न किसिमका दबाबका कारण हामीले आफ्नो धर्म परिवर्तन गर्नु परेको थियो। कसैले सिधासिधा दबाब दिएको होइन, तर यस्तो परिस्थिति पैदा भएको थियो कि बाध्य भएर धर्म परिवर्तन गर्नु पर्‍यो। धर्म परिवर्तनपछि पनि हामीले केही समस्याको सामना गरेका थियौँ।'

त्यही बेला कानन परिवारका एक आफन्तलाई पक्रिन केही पाकिस्तानी पागलजस्तै बनेर उनको खोजीमा लागेका थिए। जब ती आफन्तसँग कानन परिवारको भेट भयो, उनीहरूले बाँच्न मन भए मुसलमान बन्ने सुझाव दिए। अनि ती आफन्त पनि मुसलमान बने।

‘हामी गाउँमा थियौं। गाउँबाट फेरि शहर आयौं। शहर आएपछि पनि हामी घरबाट बाहिर निस्किन सक्ने अवस्था थिएन। मेरो ठूलो दाजु आफ्नो स्कुलको जागिरमा जान पाएका थिएनन्,’ कानन सम्झिन्छिन्, ‘इस्लामी परिचय पत्र नभएमा घरबाट बाहिरै निस्किन नपाउने बताइँदै थियो। हामी घरभित्रै फसेका थियौं। हाम्रो सामुन्ने कुनै पनि बाटो थिएन, कहिलेसम्म यो किसिमको कैदमा बस्न सकिन्छ। त्यसपछि हामीले आमाबुबालाई सम्झायौं। पहिले जिउँदो त रहन पाउँ, अनि धर्मबारे सोचौंला भन्ने भयो। त्यसपछि हामीले धर्म परिवर्तन गर्‍यौँ।’

Ncell 2
Ncell 2
nimb
nimb

तर, धर्म परिवर्तनपछि पनि पूर्णरूपमा शान्ति नमिलेको उनी बताउँछिन्। उनीहरूलाई अनेक दबाब दिइन्थ्यो। ‘एक पटक हाम्रो सानो भाइलाई पक्रिएर लैजाने खबर आएको थियो, तब उसको ज्यान बचाउन हामीले धेरै मान्छेसँग हात जोडेका थियौं,’ उनी भन्छिन्।

काननका अनुसार रमजानको समयमा त्यहाँका महिला समूह बनाएर उनीहरुको घरमा छिर्थे। उनीहरुले बनाएको भोजन, खानाको भाँडा सबै छरिदिन्थे। कानन परिवारलाई उनीहरु भन्थे, ‘अरे, तिमीहरूले त रोजा राख्नुहुन्न।’

विवाहित हिन्दू महिलाका लागि सिन्दुर लगाउनु निकै महत्वपूर्ण मानिन्छ। तर, त्यति बेलादेखि जबसम्म बंगलादेश स्वतन्त्र भएन, उनीहरुले सिन्दुर लगाउन बन्द गरेका थिए। 

सचिन्द्र चन्द्र आइचका अनुसार मुसलमान बनेपछि पनि उनीहरुले फरक फरक ठाउँमा आफ्नो घर बनाउँदै स्थान फेरेर बस्नु परेको थियो। उनलाई धेरै जानकारी त थिएन, तर उनी मस्जिदमा अरुलाई हेरेर नमाज पढ्ने गर्थे। ‘पहिलो दिन उनीहरुले मलाई हात र खुट्टा धुन सिकाए,’ सचिन्द्र सम्झिन्छन्, ‘मेरा छात्रहरु थिए, उनीहरुले भन्थे– सर तपाईं अरुलाई हेरेर त्यहीअनुसार उठ्ने बस्ने गर्नुहोला। तब हरेक शुक्रबार मस्जिद जान्थे नै, कहिलेकाँही दिनमा पाँच पटकसम्म नमाज पढेको थिएँ।’

Xtrem

Xtrem

सचिन्द्रका अनुसार रमजानको समयमा सुरुवातका केही दिन उनले रोजा राखेका थिए। त्यसपछि भने आफूले रोजा राख्न नसकेको उनी बताउँछन्। ‘त्यसपछि मैले रोजा राख्न सकिन। तर, जब म बाहिर जान्थेँ, सधैँ केही नखाई बस्ने गरेको थिएँ।’

मुसलमानको रूपमा जागिरमा जान सुरु गरेपछि उनले छुट्टै परिचय पत्र पाएका थिए। शहरको विभिन्न भागमा रहेका चौकीहरूमा उनले प्रायः आफ्नो मुस्लिम परिचयको प्रमाण पत्र देखाउनु पर्थ्यो।

पञ्जाबीहरुको सामुन्ने पर्नासाथ ‘तँ हिन्दू हो कि मुस्लिम?’ भनेर सोधिन्थ्यो। उनी मुस्लिम भएको जवाफ दिन्थे। पञ्जाबीहरुले उनलाई ‘सूरा’ (कुरानको अंश) सुनाउन भन्थे। सचिन्द्र सम्झिन्छन्, ‘मैले फातिहा जबानी सूरा याद गरेको थिएँ। मैले सुरुवा सुनाउन सुरु गरेपछि उनीहरुले मलाई जान भन्थे।’

धर्म परिवर्तनको ग्लानी
सचिन्द्र देश स्वतन्त्र भएकै दिन आफूले आफ्नो धर्म फिर्ता पाएको महसुस गरेको बताउँछन्। उनी भन्छन्, ‘देश स्वतन्त्र हुनेबित्तिकै वरिपरि भएका मुस्लिम महिला दौडिदै आएर मेरी आमा, पत्नी र बहिनीको निधारमा सिउँदो लगाइदिए। हामी फेरि हिन्दू भयौं।’

कानन सरकारका अनुसार मैमनसिंह (बंगलादेशको शहर) स्वतन्त्र भएको भोलिपल्टै उनीहरु आफ्नो शहरमा भएको घर फर्किए। त्यो दिन उनीहरूको घर मालिककी पत्नीले सिन्दुरको डब्बा लिएर आमा र उनको सिउँदोमा सिन्दुर लगाइदिएकी थिइन्। 

‘हामीले केही पललाई धर्म परिवर्तनको ग्लानी बिर्सिएका थियौं,’ उनी भन्छिन्, ‘देश स्वतन्त्र हुनसाथ हामीलाई आफ्नो धर्म फिर्ता मिलेको थियो।’

उनका अनुसार हिन्दू धर्ममै फर्किनका लागि उनीहरुले कुनै पनि किसिमका धार्मिक नियम वा प्रायश्चित गर्नु परेको थिएन। सचिन्द भन्छन्, ‘देश स्वतन्त्र नभएको भए, सायद हामीले आफ्नो अस्तित्व खोज्न पाउँदैन थियौं।’

-बीबीसी हिन्दीबाट भावानुवाद गरिएको।

प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
सम्बन्धित सामग्री
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बालबालिका तथा किशोरकिशोरीमा बढ्दो मोटोपनको समस्या सम्बोधन गर्न पहिलोपटक निर्देशिका सार्वजनिक गर्दै डब्लुएचओले स्वस्थ खानपान, नियमित... बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा इजरायल डेमोक्रेसी इन्स्टिच्युटकी जनमत विशेषज्ञ तामार हर्मनले अक्टोबर ७ को घटना इजरायलको राजनीतिक बहसको आधार बनेको बताए । बुधबार, असोज २१, २०८३
शिक्षामा बजेट माग्दै फ्रान्सभर आन्दोलन, २ लाख ६६ हजारभन्दा बढी विद्यार्थी सडकमा विद्यालयका लागि थप बजेट र स्रोतसाधनको माग गर्दै फ्रान्सभर विद्यार्थीको आन्दोलन चर्किएको छ। मंगलबार देशभर भएका प्रदर्शनमा २ लाख ६६ हज... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज २२, २०८३
मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्