फाइल तस्बिर।
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद् छिटोभन्दा छिटो सञ्चालन गराउन पहल गर्न सरकार र सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन्।
लिङ्देनले लामो समयदेखि अवरुद्ध संसद् सहज सञ्चालन गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भीर नभएको भन्दै आपत्ति समेत जनाए।
बुधबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताको समस्या समाधान गर्ने थलो संसद् चाँडो खुलाउन सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्ने पनि बताए।
‘लामो समयदेखि संसद् जुन अवरुद्ध भइराखेको छ। यसले संसद्को उपहास भइराखेको छ। संसद् जहाँ, जनताको समस्याहरुको आवाज उठाउने थलो हो’, उनले भने, ‘चाँडोभन्दा चाँडो सरकार, सभामुख सबैको पहलबाट संसद्को अवरोध खुलाउनु पर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।