काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। यान्छीले अध्यक्ष ओलीलाई उनकै निवास बालकोट पुगेर भेटवार्ता गरेकी हुन्।
दोस्रोपटक एमाले अध्यक्षका रुपमा कार्यभार सम्हालेका ओलीसँग यान्छीको शिष्टाचार भेट रहेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताए। उनले भने, 'दोस्रोपल्ट अध्यक्ष निर्वाचित भएपछि शिष्टाचार भेटघाट गर्नुभएको हो।'
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट अनुमोदनका विषयमा चर्चा चलिरहँदा अध्यक्ष ओलीसँग राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। तर, यसबारे कुनै संवाद नभएको भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।