काठमाडौं– प्रदेश २ ले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ।
बुधबार गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै प्रदेश २ ले पहिलो जित निकालेको हो।
गण्डकीले दिएको ४० रनको सामान्य लक्ष्य प्रदेश २ ले १०.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
प्रदेश २ को जितमा साना प्रविनले सर्वाधिक १३ रन जोडिन् भने अनुराधा चौधरीले १२ र मेलिना रायमाझीले ५ रन जोडिन्। मेलिना खेलमा अविजित रहिन्।
गण्डकीका सिला क्षेत्रीले १ विकेट लिइन्।
यसअघि फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको गण्डकी १७.१ बलमा अलआउट हुँदै ३९ रनमा समेटियो। गण्डकीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक १५ रन जोडिन् भने अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
गण्डकीलाई सस्तैमा समेट्न प्रदेश २ का सन्तोषी चौधरीले ३ तथा अनुराधा चौधरीले २ विकेट लिइन्।
जितसँगै प्रदेश २ ले २ खेलमा २ अंक जोडेको छ। समूह 'बी'मा प्रदेश २ दोस्रो स्थानमा रहेको छ।
लगातार दुई हार व्यहोरेको गण्डकी अंकविहीन रहँदै पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।