काठमाडौं– नेकपा एमालेले पार्टीका विभिन्न जनसंगठनका राष्ट्रिय अधिवेशन र सम्मेलन फागुन मसान्तभित्र गरिसक्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकको निर्णयअनुसार बुधबार बसेको जनसंगठन समन्वय संयन्त्रको पहिलो बैठकले यस्तो निर्णय गरेको हो।
बुधबारको बैठकले ती अधिवेशन र सम्मेलन आयोजना गर्नका लागि आ–आफ्नो कार्यक्षेत्रमा लाग्ने निर्णय पनि गरेको छ। संयन्त्रको पहिलो बैठक पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको उपस्थितिमा संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा बुधबार बसेको थियो।
बैठकमा विभिन्न जनसंगठनका इञ्चार्ज, सहइञ्चार्ज र अध्यक्षहरू सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।