काठमाडौं– एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ८९ रनले पराजित गरेको छ।
बुधबारको पहिलो खेलमा सुदूरपश्चिमलाई हराएसँगै एपीएफले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ।
एक सय २९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १४ ओभरमा मात्र ३९ रनमा समेटिएको थियो।
सुदूरपश्चिमका लागि कप्तान रितु कनौजिया र रुबी पोदारले समान १० रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरपश्चिमलाई सस्तोमा समेट्न एपीएफकी करुणा भण्डारीले चार विकेट लिइन्। त्यस्तै, सोनु खड्का, रेखा रावल र सीता राना मगरले समान एक विकेट लिए।
यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट क्षतिमा एक सय २८ रन बनाएको थियो।
एपीएफका लागि ओपनर इन्द बर्माले सर्वाधिक ३३ रन बनाइन्। यस्तै, राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडिन्।
सुदूरपश्चिमका लागि कप्तान रितु कनौजियाले तीन तथा दीपा जोरा र कविता जोशीले समान दुई विकेट लिए।
समूह ‘बी’ मा रहेको एपिएफको दुई खेलमा चार अंक छ भने सुदूपश्चिमको समान खेलमा दुई अंक छ। प्रदेश २ र गण्डकी प्रदेशले अंक खाता खोलेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।