काठमाडौं- नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदैछ।
'नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन' नारा तय गर्दै पुस ११ गतेदेखि माओवादीले राष्ट्रिय सम्मेलन गर्न लागेको हो।
सम्मेलनका लागि माओवादीले लोगो सार्वजनिक गरेको छ।
लोगोमा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को तस्बिरलाई प्राथमिकताका साथ राखेको छ। कम्युनिस्ट पार्टीको झण्डका बोकेका केही मानिस पृष्ठभूमिमा राखेर अगाडी प्रचण्डको तस्बिर राखिएको छ।
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई 'देवत्वकरण' गर्दै पार्टीका हरेक गतिविधीमा उनको फोटो राखेको भन्दै आलोचना भइरहँदा माओवादी केन्द्रले पनि अध्यक्ष प्रचण्डको तस्बिरसहितको लोगो सार्वजनिक गरेको हो।
यसअघि एमाले र कांग्रेसले महाधिवेशन सकेका थिए। तर, महाधिवेशनको लोगोमा भने दुवै दलले नेताको फोटोको प्रचार गरेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।