काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ। आयोगका सदस्य माधवप्रसाद रेग्मी उपत्यकाबाहिर रहेकाले बैठक स्थगित गरिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए।
प्रधानन्यायाधीश जबराले आज (बुधबार) अपराह्न ३ बजे बस्ने गरी न्याय सेवा आयोगको बैठक बोलाएका थिए। बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्ने तयारी थियो।
आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानूनी व्यवस्था रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।