काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसीको समर्थन गर्ने नेपालका केही बुद्धिजीवी भारत र अमेरिकाका ‘नयाँ गोर्खा पल्टन’ रहेको आरोप लगाएका छन्।
संसद्मा प्रस्तुत विभिन्न विधेयकका लागि बुधबार दिइएको समयमा उनले एमसीसीको विरोध जारी राख्दै यस्तो टिप्पणी गरेका हुन्।
उनले भने, ‘नेपालमा एमसीसी सम्झौतालाई केही बुद्धिजीवीले समर्थन गरेको देखिएको छ। भारत र अमेरिकाले नयाँ गोर्खा पल्टन बनाउने खोजिरहेको छ।’
बुद्धिजीवीलाई भारत र अमेरिकाले भरणपोषण गरेका कारण समर्थन गरिरहेको उनको आरोप छ।
उनले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना नै गोर्खा भर्तीको विरोधमा भएको बताए। उपनिवेशमा बस्ने चिन्तनले देश नबन्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।