काठमाडौं– चन्द्रागिरि हिल्स लिमिटेडको वार्षिक साधारण सभा पुस २९ गते हुँदै छ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश हुनेछ। साथै, गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ। सभामार्फत सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञचालक नियुक्ति हुनेछ।
साथै, कम्पनीको उद्देश्य थप गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
सभामा लाभांशसम्बन्धी अजेन्डा भने छैन। सभा चन्द्रागिरि हिल्सको टप स्टेशन परिसरमा बिहान ११ बजे सुरु हुनेछ। सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज तय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।