• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
संघीय संसदको अवस्था : नजिकिँदै सभामुख, टाढिँदै प्रतिपक्ष
64x64
रासस बुधबार, पुस ७, २०७८  १२:५३
1140x725

काठमाडौं- प्रतिनिधि सभा पुनःस्थापित भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को निरन्तरको अवरोधले संसदले गति लिन सकेको छैन।

जनप्रतिनिधिमूलक सर्वोच्च संस्था सदनमा सांसदले जनजीविकाका विषय उठान गर्न पाएका छैनन् भने सरकारले पनि विधेयक प्रस्तुत गर्न सकिरहेको छैन। यसले जनताका सवाल ओझेलमा परेका छन्।   

जनसंघर्षबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रणालीलगायत महत्त्वपूर्ण उपलब्धिलाई संस्थागत गर्ने विधेयकले संसदबाट पूर्णता पाउन नसकेको बताइएको छ।   

संघीय संसदको नवौं अधिवेशन पनि एमालेको अवरोधका कारण नियमित कामकारबाही प्रभावित रह्यो। यद्यपि, प्रतिपक्षीको अवरोधबीच संसदले केही महत्वपूर्ण निर्णय लिएको छ। संघीय संसदको दसौं अधिवेशन गत मंसिर २८ गतेदेखि सुरू भएको छ।

विधेयक अधिवेशनका रूपमा रहेको चालु अधिवेशन निर्वाध रूपमा चल्ने संकेत देखिएको छैन। चालु अधिवेशनको दुई बैठकमा पनि एमालेको अवरोध कायम रह्यो। अवरोधका बीच पनि संसद कार्यसूचीमा प्रवेश गरेको छ। 

संसदमा देखिएको अवरोध हटाउन सरकार र सभामुखले पहलकदमी लिए पनि त्यसले सार्थक रूप लिन सकेको छैन। संसदको सबभन्दा ठूलो दल एमालेले संसदलाई प्रभावकारी बनाउन सभामुख तथा सरकारले बोलाएको सर्वदलीय बहिस्कार गरिरहेको छ। 

एमालेले आफूले कारबाही गरेको १४ सांसद पदमुक्त भएको सूचना सभामुखले टाँस नगरेको जनाउँदै संसद बैठक अवरूद्धदेखि सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ।

एमालेले उठाउँदै आएको ती सांसदमाथि कारबाहीको विषय अदालतमा विचराधीन छ।

प्रतिनिधि सभा नियमावलीले अदालतमा विचराधीन विषयमा संसदमा छलफल गर्न नसकिने व्यवस्था गरेको छ। 

यसबीचमा सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई सुचारू गराउन पटक/पटक प्रतिपक्षसँग आग्रह गरेका छन्। 

प्रत्येक संसद बैठकमा उनले जनताको सर्वोच्च संस्थाको कामकारबाहीमा अवरोध नगर्न अनुरोध गर्दै आएका छन्।

प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको मंगलबारको बैठकमा समेत उनले प्रमुख प्रतिपक्षी दललाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका थिए।

बैठकमा सभामुख सापकोटाले अदालतमा विचाराधीन विषयलाई छाडेर संसदलाई सुचारू गर्न जोड दिएका थिए। 

उनले एमालेले उठाउँदै आएका विषयलाई संसदमार्फत् जनतामा राख्न पनि आग्रह गरेका थिए।

जनप्रतिनिधिको सर्वोच्च संस्थाका रूपमा रहेको संसदमा जनताको जनजीविकालगायत विषयमा विभन्न पक्षबाट उठ्नुपर्ने आवाज मुखरित हुनबाट नरोक्न सभामुखले बारम्बार आग्रह गरेका थिए।  

परामर्शको बैठकमा उनले नागरिकता विधेयक, संघीय निजामतीलगायत महत्वपूर्ण विधेयक संसदबाट पास नहुँदा जनताले भोग्नु परेका समस्याका बारेमा पनि प्रतिपक्षी दलको ध्यानाकर्षण गराएका थिए।

सार्वजनिक महत्व बोकेका विधेयक प्रक्रियामा जान नसक्दा आम नागरिक मौलिक हकबाट प्रभावित बनेका छन्। 

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ संघीय संसदको सबभन्दा ठूलो दल एमालेले आफूलाई जिम्मेवारीका साथ प्रस्तुत गर्नुपर्ने अवस्थामा संसदलाई बन्धक बनाउँदा अहिलेको प्रणालीमाथि एमालेको दृष्टिकोण के हो भन्ने प्रश्न उठेको बताउँछन्।

उनले एमालेले संसद अवरूद्ध गर्दै लगातार उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको र सो विषयलाई उठाएर टुंगोमा पुग्न नसकिने अवस्था हुँदाहुँदै पनि बैठक अवरोध गरेको टिप्पणी गरे। 

उनले भने, 'सदन सञ्चालन गर्ने सत्ता पक्ष र प्रतिपक्षी दुवै मिलेर हो। सदन अवरूद्ध गर्दै जाँदा यो प्रणाली नै धरापमा पर्छ। यो प्रणालीप्रति एमालेको दृष्टिकोण के हो भन्ने प्रश्न उठेको छ।'

अघिल्ला अधिवेशनमा सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक नराखेको जनाउँदै आलोचना गर्ने एमालेले पछिल्ला दिनमा बैठकमा सक्रिय सहभागिता जनाउन छाडेको छ।

कार्यव्यवस्थाको पछिल्ला दुई दिनको बैठकमा एमालेका प्रतिनिधि आफ्ना विषय राखेर निस्केका थिए।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सदन नियमित चलेका बेला सभामुखले कार्यव्यवस्था बैठक नराखेको र अहिलेको बैठकमा आफूहरू आफ्ना कुरा राखेर बाहिरिएको बताए।

गत मंसिर २८ गते पनि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। सो बैठकमा पनि एमालेका प्रतिनिधिले आफ्ना कुरा राखेर बाहिरिएका थिए।

मंगलबार पनि सभामुखले बिहान ११ः३० बजे नयाँ बानेश्वरमा परमर्श समितिको बैठक राखेका थिए। 

सो बैठकमा पनि एमाले प्रतिनिधिले आफ्ना कुरा राखेर बाहिरिए।

'जुन बेला कार्यव्यवस्थाको बैठक बस्न पर्थ्यो, चाहिन्थ्यो, हामी बैठकमा जान्थ्यौं, त्यो बेला बैठक राख्नुभएन, अहिले जुनबेला एमालेसँग विवाद भएपछि बैठक राख्नुभएको छ, कार्यव्यवस्थामा हामीले आफ्ना कुरा राख्दै हिँड्दै गरेका हौं,' सचेतक भट्टराईले भने। 

कार्यव्यवस्थामा प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिको बेवास्ता हुँदै आएपछि मंगलबारको बैठकमा भने सभामुखले सुरूमै आफ्नो धारणा राखेका थिए।

सुरूआती मन्तव्यमा सभामुखले बैठकमा सक्रियताका साथ सहभागी हुन र संसदमा सहभागी अन्य राजनीतिक दलका प्रमुख सचेतकका कुरा सुन्न आग्रह गरेका थिए।

मंगलबारको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत अन्य दलका प्रमुख सचेतकले एमालेलाई प्रजातन्त्रिक मूल्य मान्यता र आदर्श देखाउन आग्रह गरेका थिए। 

प्रमुख सचेतक भट्टराई संसदमा जारी अवरोध हटाउन सभामुख र सत्तारूढ दलले एमालेको शीर्ष नेतृत्वसँग छलफल गरेर समाधान खोज्न प्रयास गर्नुपर्ने बताउँछन्। 

सभामुखले एमालेले गरेको १४ सांसद पदमुक्त भएको सूचना टाँस गरे सदनको अवरोध खुल्ने उनले बताए। 

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
राष्ट्रियसभाः विनियोजन विधेयकका विविध पक्षमा छलफल जारी विनियोजन विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उनले बजेट सन्तुलित नभएको टिप्पणी गरेका छन्। क्षेत्रगत हिसाबले बजेट सन्तुलित नभएको उनको... मंगलबार, असार १७, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइनेछः मन्त्री भण्डारी सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा आज ललितपुरमा आयोजित तेस्रो चरणको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रमको उद्घाटनका अवसरमा मन... मंगलबार, असार १७, २०८२
राष्ट्रियसभा बैठक : शून्य समयमा सांसद‍्हरुले यस्तो भने राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षायाममा सतर्कता अपनाउन सुझाव दिँदै किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउनसम... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
आगराको ताजमहलसहित धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसङ्घ मंगलबार, असार १७, २०८२
मुकुल ढकालको रिटमा पेशी सर्‍यो मंगलबार, असार १७, २०८२
राष्ट्रियसभाः विनियोजन विधेयकका विविध पक्षमा छलफल जारी मंगलबार, असार १७, २०८२
झापामा कोभिडका आठजना सङ्क्रमित फेला मंगलबार, असार १७, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्