काठमाडौं– बुधबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा ४ सयले घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, मंगलबार १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज १२ सय ४५ रुपैयाँमा प्रतितोलमा कारोबार भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।