काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमाका क्षेत्रमा आफू १ नम्बर कम्पनी भएको दाबी गरेको छ।
नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत ‘नेपालकै नम्बर १’ अभियान सार्वजनिक गरी उक्त दाबी गरेको हो।
कम्पनीका अनुसार आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, ४०.५० अर्बको सर्वाधिक दाबी भुक्तानी, ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ।
साथै, अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीले जनाएको छ।
कम्पनीले जीवन बीमाको महत्त्वबारे सचेतना जगाउने उद्देश्यका साथ पुस ६ गते देखि ‘नेपालकै नम्बर १’ अभियान सार्वजनिक गरेका कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।