रुपन्देही- लुम्बिनीको मायादेवी मन्दिर नजिकै एक युवतीको शव भेटिएको छ।
आज साँझ करिब ५:३० बजे लुम्बिनी साँस्कृतिक नगरपालिका-३ मा रहेको मायादेवी मन्दिर पछाडि झाडीमा अन्दाजी २० वर्षीय युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।
शव भेटिएपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।