काठमाडौं- नबिल बैंकले दराज तथा आईमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ।
आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ। नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको बताएको छ।
यस सम्झौता अन्तर्गत दराजमार्फत् किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोसभित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरूमार्फत् भुक्तानी गर्न सक्षम हुने छन्। दराजले चाँडै नै १०० भन्दा बढी नबिल स्मार्टपोसमार्फत् आफ्ना ग्राहकहरूलाई भुक्तानी सुविधा प्रदान गर्ने जनाएको छ।
त्यस्तै, आईमार्कले बैंकलाई चार हजारभन्दा बढी नबिल स्मार्टपोस उपलब्ध गराएको छ, जसले सुरक्षित भुक्तानी समाधानका साथै स्मार्ट फोन जस्तै हरेक अनुभवको लाभ प्रदान गर्ने जनाएको छ।
'नबिल बैंक पोसको क्षेत्रमा यस्तो ठूलो प्राविधिक प्रगतिको लागि दराज र आईमार्कसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दछ,' बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।