काठमाडौं- नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनका विषयमा सञ्चारकर्मीसंग अन्तरक्रिया गर्ने भएका छन्।
महराले आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुन लागेको राष्ट्रिय सम्मेलनका विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्न लागेका हुन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो १ बजेदेखि सञ्चारकर्मीसँग महराले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ।
‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि राष्ट्रिय सम्मेलन’ मूल नारा तय गरेको माओवादी केन्द्रको सम्मेलनमा देशैभरबाट २ हजार प्रतिनिधि सहभागी हुने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।