काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चर्को नाराबाजीबीच प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा २ वटा अध्यादेश स्वीकृत गरिएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरिएको हो।
बैठकमा दुवै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए। तर, सो प्रस्ताव बहुमतले अस्वीकार भएको थियो।
अध्यादेश स्वीकृत भएपछि प्रतिनिधि सभाको बैठक बुधबार बस्नेगरी स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।