काठमाडौं– वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवम् टेष्टट्युव बेबी विशेषज्ञ डा नूतन शर्माले ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल छाडेकी छन्। करिब १५ बर्षदेखि काम गर्दै आएको अल्का अस्पतालसँगको सहकार्य अन्त्य गरेसँगै डा शर्माले नर्भिकमा पूर्णकालीन सेवा सुरु गरेकी छन्।
उनले अल्का अस्पतालमा आफ्नै फर्टिलिटी सेन्टर समेत सञ्चालन गर्दै आएकी थिइन्।
नर्भिकमा संचालनमा आएको नर्भिक आइभिएफ सेन्टरमार्फत डा. शर्माले स्त्री रोग तथा बाँझोपनसम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा सुरु गरेको जानकारी दिइन्।
अल्कामा करिब १५ बर्षभन्दा बढी समय बिरामीको सेवा गरेकी शर्माले प्रसूति तथा स्त्री रोगका साथै बाँझोपनसम्बन्धी समस्या भएका बिरामीलाई नर्भिक हस्पिटलबाट अझै परिष्कृत एवं उच्चस्तरीय सेवा दिने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।