काठमाडौं- फिलिपिन्समा बिहीबार आएको आँधीमा परि अहिलेसम्म ३ सय ७५ जनाको मृत्युको पुष्टि भएको छ।
करिब १९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधी राय जब देशको दक्षि-पूर्वी द्वीपसँग ठोकियो तब लगभग ४ लाख मानिस यसबाट प्रभावित भएको बीबीसीले जनाएको छ।
स्थानीय प्रहरीका अनुसार आँधीमा कम्तिमा ५ सय मानिस घाइते भएका छन् र ५६ जना अहिले पनि हराइरहेका छन्।
राहत तथा उद्धार समूहले यस प्राकृतिक त्रासदीलाई 'पूर्ण नरसंहार' भनेको छ।
अहिलेसम्म पनि आँधीले पुर्याएको क्षतिबारे पूर्ण अनुमान लगाउन नसकिएको जनाइएको छ। कयौं क्षेत्रमा अहिले पनि पूर्ण रुपमा सञ्चार विच्छेद रहेको छ।
पहिरो र बाढीका कारण अन्य व्यक्तिको पनि मृत्युको आशंका गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।