काठमाडौं– इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले यस वर्ष आफूले ११ अर्ब डलरभन्दा बढी कर तिर्ने बताएका छन्।
मस्कले कुनै पनि अमेरिकीभन्दा बढी कर तिर्ने बताएका छन्। मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। उनको कम्पनी टेस्लाको मूल्य लगभग १ ट्रिलियन डलर छ।
पछिल्ला केही हप्ताहरूमा मस्कले टेस्लामा रहेको आफ्नो १४ बिलियन डलरको शेयर बेचिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।