काठमाडौं- एनएमबि बैंकले १३.५ मेगावाटको सुपर कावेली खोला-ए जलविद्युत् आयोजना र १२ मेगावाटको सुपर कावेली खोला क्यासकेड जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भइ वित्तीय व्यवस्थापन गरेको छ।
प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भइरहेका ती दुई जलविद्युत् आयोजनाहरू क्रमशः स्नो रिभर्स प्रालि तथा हिल्टन हाइड्रो इनर्जी प्रालिले निर्माण गरेका हुन्।
यी आयोजनाहरुमा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ।
सुपर कावेली खोला-ए जलविद्युत् आयोजनाको कूल लागत दुई अर्ब ४१ करोड र सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजनाको लागत दुई अर्ब १४ करोड रुपैयाँ रहेको छ। जसमध्ये बैकहरुको लगानी क्रमश एक अर्ब ८९ करोड र एक अर्ब ६७ करोड रुपैयाँ रहने जानकारी दिइएको छ । यी आयोजनासमेत एनएमबि बैंकले कूल ४३ वटा जलविद्युत् आयोजनामा लगानी गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।