काठमाडौं– वरिष्ठ कूटनीतिज्ञ प्रदीपकुमार रावत चीनका लागि भारतको नयाँ राजदूतमा नियुक्त भएका छन्। पूर्वी लद्दाखमा भारत र चीनबीच तनाव चलिरहेको बेला रावतको नियुक्ति भएको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार १९९० ब्याचका भारतीय विदेश सेवा अधिकारी रावत यसअघि नेदरल्याण्ड्सका लागि भारतीय राजदूत थिए।
भारतको विदेश मन्त्रालयले एक संक्षिप्त विज्ञप्तिमा जारी गर्दै भनेको छ,‘उहाँले छिट्टै आफ्नो जिम्मेवारी सम्हाल्नु हुनेछ।’
रावतले चीनका लागि भारतका वर्तमान राजदूत विक्रम मिश्रीको स्थानमा सम्हाल्ने छन्। रावतले यसअघि हङकङ र सांघाईमा सेवा गरिसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।