काठमाडौं– नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्न र वीर अस्पताललाई डाबर नेपालले २५ लाख बराबरको चिकित्सा उपकरण हस्तान्तरण गरेको छ।
डाबर नेपालका अध्यक्ष तथा प्रबन्धनिर्देशक ईश्वरी राना र एच.एस. बेदी, व्यापार प्रमुख–नेपाल तथा म्यानमारले वीर अस्पताल, काठमाडौंको परिसरमा एक कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा डाबरका लागि प्रवक्ताले भने,‘वीर अस्पताल नेपालकै प्रतिष्ठित र अग्रणी सरकारी अस्पताल हो जसले नेपालका नागरिकहरुलाई अग्रपंक्तिमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अहिलेको विश्वव्यापी महामारीको समयमा यस संस्थाको महत्वपूर्ण स्वास्थ्य सेवाहरु प्रदानगर्ने प्रयासमा हामीले सहयोग गर्नु समय सान्दर्भिक र उपयुक्त रहेको छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।