• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

फ्रेन्च चित्रकारको चित्रकला प्रदर्शनी : सेलावी अर्थात् जीवन यस्तै हो

64x64
नेपाल लाइभ सोमबार, पुस ५, २०७८  २०:००
1140x725
आफ्ना चित्रहरूसँग चित्रकार भिन्सेन्ट ग्रेवी।

काठमाडौं– ‘जीवन के हो?’

फ्रेन्च चित्रकार भिन्सेन्ट ग्रेवीलाई लाग्छ जीवन केही होइन। केवल जन्म र मृत्यु हो।

पुल्चोकस्थित विकल्प आर्ट सेन्टरमा चलिरहेको भिन्सेन्टको एकल चित्रकला प्रदर्शनीमा राखिएका चित्रहरुले पनि यसै भन्छन्। ‘सेलावी’ अर्थात ‘जीवन यस्तै हो’ शीर्षकमा चलिरहेको प्रदर्शनीमा भिन्सेन्टले जीवनलाई सरल र सहज रेखाबाट चित्रण गरेका छन्। उनले बनाएका चित्रहरुले जीवनको सरलतालाई प्रस्तुत गरेका छन्।

एउटा चित्रमा दुई वटा फूल एकअर्कासँग संवाद गरिरहेका छन्। ‘फ्लावर कन्भरसेसन’ शीर्षकको चित्रलाई भिन्सेन्ट एउटा फूल अर्को फूलसँग रिसाउँदा फकाइरहेको रुपमा अथ्र्याउँछन्।

‘लभर्स’ शीर्षकको चित्रकला भिन्सेन्टले आफ्नी प्रेमिकासँग लकडाउनको समयमा बिताएको पलको दृश्यांकन हो। दुई आकृति एकअर्कासँग संवाद गरिरहेको चित्रकलामा देख्न सकिन्छ। ‘लकडाउनको बेला म र मेरी प्रेमिकाले बिताएको पल हो यो,’ भिन्सेन्ट भन्छन्, ‘त्योबेला मैले उनलाई सम्बोधन गरेको कुरा चित्रमा देखाउन खोजेको हुँ।’

‘मिस्टिरियस गर्ल’ नाम दिइएको चित्रकलामा एउटा महिलाको आकृति कोरिएको छ। हेर्दा स्विडिस कार्टुनको पात्र ‘मुमिन’जस्तो देखिने यो आकृतिमा भिन्सेन्टले एक अज्ञात महिला कल्पना गरेका छन्। ‘यी अज्ञात युवतीलाई तपाईं प्रेम गर्नुहुन्छ,’ भिन्सेन्ट भन्छन्, ‘उसलाई नचिन्दासम्म हामीले प्रेम गर्ने हो। बाटोमा हिँडदा कुनै महिला आफ्नो सामुन्नेबाट गएमा हामी उसलाई प्रेम गर्छौं। यो चित्रमा त्यही विषय देखाउन खोजेको हो।’

nimb
nimb
Ncell 2
Ncell 2

‘कन्क्युलिकोट’, ‘ट्रि इन द फरेस्ट’, ‘ग्रास प्लान्ट’ तीन चित्रमा भिन्सेन्टले फूल, रुख र रुखको खण्डहरु छुट्याएका छन्। तीनै चित्रकला स्केचविनाका हुन्। भिन्सेन्ट यसलाई आफ्नो शोधको रुपमा बुझाउँछन्। ‘ग्रास प्लान्ट’मा भिन्सेन्टले नीलो रङ पानीको संकेतमा राखेका छन्, गाढा हरियो झारको रुपमा र हल्का हरियो रङ घामको संकेतमा राखेका छन्। क्रमशः अन्य दुई ‘ट्रि इन द फरेस्ट’ र ‘कन्क्युलिकोट’ चित्रकलामा पनि भिन्सेन्टले विभिन्न रङले घाम, पानी, फूल र रुखजस्ता वस्तुलाई चित्रण गरेका छन्।

‘यहाँ फूल, पानी, रुख, पातहरु छ,’ भिन्सेन्ट भन्छन्, ‘यी चित्रहरुमा मैले फुलहरुको खण्डिकरण गर्न खोजेको हुँ। यो चित्र र मेरो अभिव्यक्ति मात्रै नभएर मेरो रिचर्स पनि हो। कसरी कुराहरु प्रस्तुत हुन्छ भन्ने शोध हो।’

भिन्सेन्टको फूलहरुसँगको लगाव अन्य चित्रमा पनि देखिन्छ। ‘डान्सिङ फ्लावर्स’ चित्रमा उनले फूलहरु नाचिरहेको देखाएका छन्। उनी भन्छन्, ‘फूलहरु पनि नाँच्नुपर्छ। फूलहरु डान्सक्लब जान्छन्, उनीहरु रमाउँछन्, नाँच्छन्। यो नै जीवन हो।’

भिन्सेन्टको चित्रकलाको श्रवण गर्दा त्यसमा सरलता र सहजता देखिन्छ। न्याना रङ, फूल, पातजस्ता वस्तु फरक ढंगले कल्पना गरिएका चित्रहरु सरल छन्। भिन्सेन्ट यसलाई जीवनसँग जोडेर हेर्छन्।

भिन्सेन्ट आफू भने चित्रकलाबाट ठ्याक्कै कुनै अर्थ दिन नखोजेको बताउँछन्। ‘तपाईंले मलाई मेरो चित्रबारे सोध्नुभयो र मात्रै मैले बताएँ,’ भिन्सेन्ट भन्छन्, ‘तर, खास अर्थ त हेर्ने मान्छेले खोज्ने हो। मैले भन्न खोजेको कुरा मेरो चित्रकलामा छ। म बोलेर होइन, चित्रहरू बोलेर मान्छेले बुझ्ने हो।’

भिन्सेन्ट जीवनलाई सरल रुपमा हेर्न रुचाउँछन्। चित्र पनि सरल नै बनाउन रुचाउँछन्। उनी भन्छन्, ‘मेरो चित्रकलाको कुनै अर्थ छैन। म चित्र बनाउँछु, किनकि मलाई चित्र बनाउन मन लाग्छ। चित्रकला गर्नु सिर्जनात्मक काममध्येको सबैभन्दा उत्कृष्ट काम हो।’

भिन्सेन्टले फिल्मदेखि संगीतसम्मका विधामा हात हालेका छन्। तीमध्ये उनको प्रिय भने चित्रकला हो।

भिन्सेन्ट आफूलाई चित्रकला गर्न नआएकाले चित्र बनाइरहेको बताउँछन्। जब उनलाई चित्र बनाउन आउँछ, जब सबै कुराको ज्ञान पाउँछन्, तब सायद चित्रकला छाड्नेछन्। उनी भन्छन्, ‘त्यो दिन सायद नआउला। किनकि, सधैं केही न केही त सिक्नै पर्छ।’

भिन्सेन्ट सन् २००६ देखि नेपालमा छन। सन् १९७० मा फ्रान्सको राजधानी पेरिस नजिकैको शहरमा जन्मिएका उनी २००१ मा भारत आएका थिए। त्यसयता पूर्वी एसियाका विभिन्न ठाउँमा बस्दै आएका थिए। ‘नेपाल चित्रकला गर्नका एकदमै उपयुक्त ठाउँ हो,’ भिन्सेन्ट भन्छन्।

प्रदर्शनीमा उनका १८ वटा चित्रकला राखिएका छन्। सबै चित्र क्यानभासमा तेल रङले बनाइएका छन्। डिसेम्बर १० बाट सुरु भएको प्रदर्शनी डिसेम्बर २७ सम्म चल्नेछ।

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘गगन भाइलाई सभापति भन्न मनै लागेको छैन’ : कृष्णप्रसाद सिटौला
देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ,  देशभरका लोकतान्त्रिकहरुले चाहेको पनि यही छ : रमेश लेखक
अब सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा कडाइ, नयाँ मापदण्ड लागू
सम्बन्धित सामग्री
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानमा कुमार नगरकोटी, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा ब्रजेश खनाल र ललितकला प्रज्ञा प्रतिष्ठानमा एर... शुक्रबार, साउन २२, २०८३
पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ वटा पुस्तकहर... शुक्रबार, साउन १५, २०८३
ताजा समाचारसबै
‘गगन भाइलाई सभापति भन्न मनै लागेको छैन’ : कृष्णप्रसाद सिटौला शुक्रबार, साउन २९, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! शुक्रबार, साउन २९, २०८३
देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ,  देशभरका लोकतान्त्रिकहरुले चाहेको पनि यही छ : रमेश लेखक शुक्रबार, साउन २९, २०८३
अब सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा कडाइ, नयाँ मापदण्ड लागू शुक्रबार, साउन २९, २०८३
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्