फाइल तस्बिर
काठमाडौं- रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार उक्त जिम्मेवारी तोकेकी हुन्।
रक्षामन्त्री डा. मीनेन्द्रप्रसाद रिजालले राजीनामा दिएपछि उक्त मन्त्रालय रिक्त हुन पुगेको थियो। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि उनले नैतिकताका आधारमा रक्षामन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा रक्षा मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।