काठमाडौं- नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेकस्को भवनमा आगलागी भएको छ। इन्द्रेणी स्वीटस् होटल, इन्द्रेणी फुडल्याण्डलगायत उक्त भवनमा रहेको छ।
भवनको माथिल्लो तलामा भर्खरै आगलागी भएको हो। भवनको अन्तिम तलाको अगाडि र पछाडिको भागबाटै धुवाँको मुस्लो निस्किरहेको छ।
अहिले आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ। काठमाडौं महानगरका दुईवटा र भक्तपुरको एउटा गरी तीन वटा दमकल आगलागी नियन्त्रणमा खटिएका छन्।
आगलागीको थप विवरण आउन बाँकी छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।