काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीलाई आफूहरुले आर्थिक सहयोगको विषय मात्रै बनोस् भन्ने चाहेको बताएका छन्।
समाजवादी प्रेस संगठनले सोमबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमसीसीबारे छलफल चलाइरहेको बताए।
‘एमसीसीको सवालमा पनि छलफल चलाइरहेका छौं। त्रुटी छन् भने त्यसमा छलफल गरिरहेका छौं। तीनजनाको कार्यदल बनाइएको छ। त्यसले पनि अध्ययन गरेर निष्कर्ष अघि सार्नेछ,’ उनले भने, ‘एमसीसीको अन्तरवस्तुको विषयमा पनि प्रवेश गरिरहेका छौं। कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरा स्वीकार्न सक्दैनौं। यसलाई हामीले राम्रो र सहज वातावरणमा अगाडि बढाउन चाहन्छौं।’
विशुद्ध आर्थिक सहयोगको विषय बनोस् भन्ने आफूहरुको भनाइ रहेको उनले बताए।
देशको हित गर्ने कुरालाई सुनिश्चित गरेर मात्रै अघि बढने विषयमा आफूहरु सकारात्मक रहेको उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।