काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको नाम गफाडी नम्बर एक भनेर गिनिज बुकमा लेखिदिए हुने बताएका छन्।
सोमबार समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
‘गफमा त उनीसँग कसैले सक्दैन। उनको नाम गिनिज बुकमा लेखिदिए हुन्छ। गफाडी नम्बर एक केपी ओली भनेर,’ उनले भने, ‘पर पीडक नम्बर एक केपी ओली अरुलाई पीडा मात्रै दिने।’
उनले आफूहरुले त्यस्तो कसैलाई नगर्ने भन्दै ओलीलाई सुध्रिन र सही बाटोमा आउन अझै पनि भनिरहेको बताए। ‘गठबन्धनको सरकार लामो समयसम्म चल्ने देखिन्छ,’ उनले भने, ‘राष्ट्रियसभाको निर्वाचन हुँदै आगामी निर्वाचनसम्म लैजाने विषयमा छलफल भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।