काठमाडौं– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गठबन्धनलाई आगामी निर्वाचनसम्म जोगाएर लैजान सक्नुपर्ने बताएका छन्।
समाजवादी प्रेस संगठन नेपालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध पुष ५ लाई कालो दिनका रुपमा मनाउन आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘एमसीसीमा राष्ट्रिय सहमति जुटाएर अघि बढ्न सकेनौं भने यही बहानामा गठबन्धन तोडेर फेरि प्रतिगमन आउन सक्ने खतरा रहेको छ। यसमा सबै सचेत हुनु जरुरी छ,’ उनले भने, ‘गठबन्धनलाई बचाउनै पर्छ । प्रतिगमनकारी शक्तिलाई निस्तेज नपार्दासम्म आगामी निर्वाचनसम्म जोगाएर लैजान सक्नुपर्छ।’
उनले प्रतिगमनकारी निस्तेज भइसकेपछि आ आफ्नो प्रतिस्पर्धा गर्ने ठाउँ रहेको भन्दै प्रतिगमनकारी शक्तिविरुद्ध एकजुट हुन अझै आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।