काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयले युग सापेक्ष शिक्षा दिनुपर्ने बताएका छन्। त्रिभुवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयको व्यवस्थापकीय सुधारमा पनि जोड दिए।
मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउनु, मुलुकको अर्थतन्त्रलाई तीव्र रुपमा रुपान्तरण गर्नका लागि सिर्जनात्मक र नवप्रबर्द्धनशील तथा प्राविधिक जनशक्तिको उत्पादन पनि हुनुपर्ने उनको भनाइ छ।
'शिक्षा व्यक्तिगत जीवन, राष्ट्रको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि हुनुपर्दछ', उनले भने, 'यस्तो शिक्षा प्राप्त गर्ने अवसर सबैलाई समान रुपमा सुनिश्चित हुनुपर्दछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।