फाइल तस्बिर
काठमाडौं– राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण आजको बैठक कार्यसूचीमा नै प्रवेश गर्न सकेन।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले एमालेका सांसदहरुलाई नियमित प्रक्रिया अघि बढाउन सहयोग गर्न भनेका थिए। तर, एमाले सांसदले उठेर बैठक सञ्चालन गर्न नदिएपछि उनले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्।
आजको बैठकमा पेश गर्ने तयारी गरिएका विषय कार्यसूचीबाट हटाइएको जानकारी गराउँदै अध्यक्ष तिमल्सिनाले स्थगित भएको जनाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।