• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रवीन्द्र मिश्रलाई मिलन पाण्डेको प्रश्न- आफूले आफैंलाई नेता करार गरेर कति दिन नेता बन्नुहुन्छ?

64x64
नेपाल लाइभ सोमबार, पुस ५, २०७८  १३:२५
1140x725

काठमाडौं- विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले रवीन्द्र मिश्रले सोधेका प्रश्नको जवाफ दिएका छन्। केही दिनअघि अध्यक्ष मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। पाण्डेले स्पष्टीकरणको जवाफका साथै थप प्रश्नहरु पनि सोधेका छन्।

मिश्रले पार्टीको जुम बैठकमा निर्णय गर्दा किर्ते काम गरेको विभिन्न प्रमाणहरु अघि सारेका छन्। साथै मिश्रले निर्वाचन आयोगमा बुझाएको ९१ जनाको हस्ताक्षर सार्वजनिक गर्न माग गरेका छन्।

'निर्वाचन आयोगमा मैले तपाईंमाथि तथ्यहीन आरोप लगाएको प्रसंगमा मैले माथि पनि व्याख्या गरेँ, तपाईंले बुझाएका नामहरू किर्ते छन्, फर्जी छन्। धेरै बहस आवश्यक परेन, सक्नुहुन्छ भने तपाईंले बुझाउनु भएका ९१ जनाको हस्ताक्षर आम सदस्य र नागरिकका सामु प्रस्ततु गर्नुहोस्, म हाँसी हाँसी तपाईंको निर्णय स्वीकार्छु। तर, यदि तपाईंले तपाईंसँग छ भनकै ९१ जनाको हस्ताक्षर हाम्रो सामु र निर्वाचन आयोगको सामु प्रस्तुत नगर्ने हो भने तपाईंले किर्ते गरेको हो भन्ने प्रमाणित हुन्छ', पाण्डेले भनेका छन्।

पाण्डेले आफू विवेकशील नेपाली दलको निर्वाचित अध्यक्ष भएको बताउँदै मिश्रले भने पार्टी सुरु गरेको लगभग ५ वर्षसम्म एकपटक पनि महाधिवेशन नगरेको स्मरण गराएका छन्। 'आफूले आफैंलाई नेता करार गरेर कति दिन नेता बन्नुहुन्छ?', पाण्डेले प्रश्न गरेका छन्।

पाण्डेले जवाफका अतिरिक्त मिश्रलाई दश बुँदे प्रश्न पनि सोधेका छन्-
१. तपाईं संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान खारेज गर्न लागिपरेका खासगरी दक्षिणी शक्ति केन्द्रहरू र अकुत सम्पत्ति आर्जन गरेका पूर्वदरबारिया शक्तिहरूको आर्थिक तथा अन्य प्रलोभनमा परी देशको संविधानलाई खारेज गर्ने अभियानमा संलग्न हुनुभएको भन्ने चर्चा सुनिन आएको छ। त्यसको सत्यता के हो? बाह्यशक्तिबाट प्रेरित भएर यसरी सुसंस्कृत वैकल्पिक राजनीतिको नेतृत्व गर्न पाएको अवसरलाई दुरुपयोग गर्दै वैकल्पिक राजनीतिका हजारौं योगदानकर्तालाई धोका किन दिनुभयो? तपाईं जनजाति/महिला/मधेशी/दलित तथा सीमान्तकृत समुदायको दशकौंको संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको संविधानमार्फत संस्थागत भएको व्यवस्थाविरुद्ध लागेको कुरा सत्य हो भने पार्टीले र राज्यका सरोकारवाला अंगहरूले तपाईंमाथि छानबिन गरी कारबाही किन अगाडि नबढाउने? पछिल्लो समयमा तपाईंले पार्टीमा  रहेका गणतन्त्र पक्षधर नेताहरूमाथि ताकीताकी कारबाहीको डन्डा चलाउनु खोज्नुलाई कसरी बुझ्ने? 

२. आफैंले समेत हस्ताक्षर गरेको तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच मंसिर २४, २०७७ मा सम्पन्न एकीकरणको घोषणापत्रअनुसार तपाईंले पार्टी अध्यक्षको रूपमा पार्टीको एकता घोषणा भएको ६ महिनाभित्र अधिवेशन गर्न नसके अध्यक्ष संयोजक दुवैले पार्टी नेतृत्वको रूपमा राजनीमा गरी नयाँ मान्छेको नेतृत्वमा महाधिवेशनमा जाने र महाधिवेशनबाट निर्वाचित नेतृत्वले पार्टी चलाउने कुरामा किन आनाकानी गर्नुभयो? तपाईंले लिखित रूपमा विवेकशील नेपालीसँग गरेको सम्झौताबमोजिम महाधिवेशनसम्म विवेकशील साझा पार्टीलाई प्रगतिशील, गतिशील, मध्यवामपन्थी, संविधानवादलाई पूर्णतः पालना गर्ने पार्टी र विगतका आन्दोलनका उपलब्धि बचाउने पार्टी बनाउने लिखित वाचाबाट किन के कारणले पछाडि हट्नुभयो? यही विषयमा तपाईं, म, केशव दाहालजी र रमेश पौड्यालजीबीच एकीकरणको ४ दिनअघि काठमाडौंको सिद्धार्थ कटेजमा संविधानका आधारभूत संरचना मान्ने सहमतिप्रति किन इमानदार हुन सक्नुभएन?

३. तपाईंले ९१ जनाको फर्जी सहमति छ भनेर निर्वाचन आयोगमा किन बुझाउनुभयो? त्यो किर्ते कामका निम्ति किन माफी माग्नुभएन? तपाईंले बोलाएको जुम बैठकमा किन केन्द्रीय सदस्यहरूलाई बोल्न दिनुभएन? किन जबरजस्त केन्द्रीय सदस्यहरूलाई तपाईंले लादेको विचार मान्न बाध्य बनाउनुभयो? यो आरोप होइन। हामीसँग प्रमाण छ। धेरै केही गर्नुपरेन। तपाईंले दिएकै ९१ जना केन्द्रीय सदस्यहरूको हस्ताक्षर आम नागरिक र निर्वाचन आयोगलाई बुझाउने हिम्मत र नैतिकता तपाईंसँग छ?

४. तपाईंलाई जुन एकीकरणको दस्तावेजले अध्यक्ष बनायो, त्यो दस्तावेजविपरीत मिडियाबाजी गर्ने र पार्टीलाई सिध्याउने क्रियाकलापमा लागेपछि पनि तपाईं त्यही अध्यक्ष पदमा बसिरहन मिल्छ? बीबीसीमा नैतिकताको पाठ पढाउने पत्रकार रवीन्द्र मिश्रले नेता भएपछि त्यो नैतिकता देखाउन पर्छ कि पर्दैन? 

nimb
nimb
Ncell 2
Ncell 2

५. पार्टीमा देशको संविधान बचाउनुपर्छ भनेर लागेका हरेक तहका नेतृत्वलाई सिध्याउनुपर्छ भन्ने मानासकिताबाट गुज्रिएर स्टानिलले जस्तै एकमनावादी तरिकाले किन फरक विचार बोक्नेहरूलाई हरेक तहमा कारबाही गर्नेगरी लाग्नुभयो? आधिकारिक राजीनामा नै नदिएका महेश भण्डारीहरूजस्ता सचिवालय सदस्यलाई किन पार्टीमा राजीनामा स्वीकृत गरें भनेर पार्टीबाट निकाल्ने हर्कत गर्नुभयो?

६. तपाईंले धर्मको नाममा नागरिकलाई विभाजित गर्न धर्म निरपेक्षतामा जनमत संग्रह गर्ने भनेर किन वकालत गर्नुभयो? देशलाई अफगानिस्तान/काबुल बनाउने नियतका साथ तपाईंको धार्मिक युद्ध गराउने चाहनाको भारी किन पार्टीलाई बोकाउन खोज्नुभयो?

७. तपाईंकै नेतृत्वमा दुईपटकसम्म पार्टी फुटको संघारमा पुगिसक्यो। डा. सरोज धिताल, डा. दिनेश प्रसाई, रेशु अर्याल, ओम अर्याल, स्व. संयोजक उज्ज्वल थापा, डा. सूर्यराज आचार्य, मुमाराम खनाललगायत कैयौं नेताहरूले पार्टी छोडे पनि तपाईंलाई यो पार्टीमा आफूबाहेक अरू कोही योग्य छैन भन्ने व्यक्तिवादी भूत किन चढिरहेको छ?

८. तपाईंले पटकपटक पार्टी स्थापनापछि पार्टीको महाधिवेशन गर्ने कुरा टार्दैटार्दै किन जानुभयो? के तपाईंले बीबीसी नेपालीको जागिर छोडे भन्दैमा तपाईंलाई जीवनभर नेतृत्वमा रहिरहन पर्छ भन्ने लाग्छ?

९. डा. जीवन क्षेत्रीलगायत धेरै विश्लेषकले भनेझैँ तपाईंले नियतवश विवेकशील आन्दोलनलाई पटकपटक गिजोल्न किन खोज्नुभयो? वैकल्पिक राजनीति नेपालमा उज्ज्वल थापाको नेतृत्वमा उदाउँदै गर्दा किन पटकपटक एकीकरण गर्दै पार्टी फुटाउँदै यो आन्दोलन नै सिध्याउने हर्कत गर्नुभयो? पछिल्लो समय मैले नेतृत्व गरेको विवेकशील नेपाली दलसँग एकीकरण गर्दा पनि महिनौं तपाईंकै सक्रियतामा एकीकरण भयो। पार्टीलाई कसरी अगाडि बढाउने भन्ने सहमति पत्रमा स्पष्ट उल्लेख थियो। मैले तपाईंले हस्ताक्षर गरेको कुरा विश्वास गर्नु के मेरो गल्ती हो? तपाईंले महिनौं पछि लागेर अब म सच्चिएँ भनेपछि तपाईंलाई विश्वास गर्नु के मेरो राजनीतिक जीवनकै सबैभन्दा ठूलो गल्ती हो? वैकल्पिक राजनीतिमा, सुसंस्कृत राजनीतिमा इमानदारिता रहेन भने त्यो राजनीति के काम? तर, तपाईंको गतिविधि हेर्दा तपाईंमा इमानदारिता देखिएन।

१०. तपाईंले बागमती प्रदेशबाट रञ्जु दर्शनाजी र अन्तर्राष्ट्रिय समितिबाट सुरेश भट्टजीलाई किन कारबाही गर्नुभयो? किन बर्खास्त गर्नुभयो? किनकि, उहाँहरू तपाईंको विचारसँग सहमत छैनन्, हैन? यस्तो अलोकतान्त्रिक सोचलाई मेरो भन्नु केही छैन। विनासकाले विपरीत बुद्धि।

यस्तो छ पाण्डेको जवाफ :

यस्तो छ मिश्रले पाण्डेलाई सोधेको स्पष्टीकरण :

No description available.


 

No description available.

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
तेस्रो प्रदेश भाषा दिवस, बागमतीमा आज सार्वजनिक बिदा
अमेरिकी डलरको भाउ घट्यो
सम्बन्धित सामग्री
दुई संसदीय समितिको बैठक बस्दै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा अभिमुखीकरणको कार्यस... बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए । नयाँ व्यवस्थाअनुसार परिषद्को बैठक बस्न... बिहीबार, वैशाख २४, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी गृह मन्त्रालयले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गर्न पत्र पठाएपछि अध्यक्ष ओलीले फिर्ता गरेका हुन् । बिहीबार, वैशाख २४, २०८३
ताजा समाचारसबै
दुई संसदीय समितिको बैठक बस्दै बिहीबार, वैशाख २४, २०८३
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’ बिहीबार, वैशाख २४, २०८३
तेस्रो प्रदेश भाषा दिवस, बागमतीमा आज सार्वजनिक बिदा बिहीबार, वैशाख २४, २०८३
अमेरिकी डलरको भाउ घट्यो बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्