• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

३८ वर्ष पुरानो लयमा चल्दै मानसिक अस्पताल : मानसिक स्वास्थ्य समस्या बढ्यो, तर बढेन सेवा

कमला गुरुङ सोमबार, पुस ५, २०७८  १३:०८
1140x725

काठमाडौं– १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको चौथो कारण हो, आत्महत्या। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर वर्षेनी सात लाख मानिसको मृत्यु आत्महत्याका कारण हुने गर्दछ।

नेपाल पनि यसबाट अछुतो छैन। नेपालमा आत्महत्या गर्ने व्यक्तिको संख्या वर्षेनी बढ्दो छ। आत्महत्याका घटना १४ दशमलव ४ प्रतिशतले वृद्धि भएको प्रहरीको तथ्यांक छ। गत चार वर्षमा मात्रै २४ हजार ४२९ जनाले आत्महत्या गरेका छन्। 

आर्थिक वर्ष २०७७/७८ मात्र ७ हजार ११७ जनाले आत्महत्या गरे। जबकी त्यसको अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा आत्महत्या गर्नेको संख्या ६ हजार २४१ थियो। २०७५/७६ मा ५ हजार ७५४ र २०७४/७५ मा ५ हजार ३१७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ। 

यो हिसाबले हेर्दा आव ७५/७६ मा र ७६/७७ मा वर्षेनी साढे चार सयको दरले आत्महत्या बढेको देखिन्छ। तर, आव ७७/७८ मा भने दुई गुणाले वृद्धि हुँदै ७६/७७ को तुलनामा ८७६ ले वृद्धि भएको छ। दैनिक रुपमा औसत १९ जनाले आत्महत्या गर्छन्। 

आत्महत्याको प्रमुख कारण हो, मानसिक रोग। आत्महत्याको कारणमध्ये ९० प्रतिशत कुनै न कुनै किसिमको मानसिक रोग हुने गरेको छ। मानसिक स्वास्थ्य समस्या वर्षेनी बढीरहँदा नेपालकै एक मात्र केन्द्रीय मानसिक अस्पतालको अवस्था भने बेहाल छ। 

३८ वर्ष पहिले ५० शय्याबाट सुरु भएको यो अस्पताल अहिले पनि ५० शय्यामै सीमित छ। देशको एक मात्र केन्द्रीय मानसिक अस्पताल भएकाले पनि बिरामीहरु देशका विभिन्न कुनाकप्चाबाट उपचारका लागि यहाँ आउँछन्। 

तर, शय्या अभावका कारण उपचारका लागि पुग्ने गरेका बिरामी फर्कनुपर्ने, शय्या पाउन लामो समय कुनुपर्ने र अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका निमित्त निर्देशक डा अनन्तप्रसाद अधिकारी बताउँछन्। किनकी भएका ५० शय्या पनि सधैजसो भरिभराउँ नै हुने गर्छ।  

‘बिरामीको चाप बढ्दो छ। तर ५० शय्याबाट बढ्न सकेको छैन। यो ५० शय्या पनि प्रायजसो भरिभराउ नै हुन्छ। कहिले काँही बिरामीले बेड नपाउने, कुर्नुपर्ने र अन्यत्र रेफर गर्ने हामीलाई समस्या छ। किनभने शय्या संख्या कम छ’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

शय्या अभाव हुँदा भर्ना हुन आउने बिरामीहरुलाई अन्य अस्पतालहरुमा पठाइने गरेको उनले बताए। कतिपय बिरामी त मानसिक अस्पतालमै भर्ना हुने भनेर पनि टाढादेखि आउँछन्। 

‘प्रायजसो बिरामीहरु यही भर्ना हुन चाहनु हुन्छ। मानसिक अस्पताल भनेपछि लगनखेल भनेर नाम सुनेका हुन्छन्। त्यसैले टाढा टाढाबाट पनि बिरामीहरु आउँछन्’ उनले भने, ‘ठूलो आश भरोसा लिएर आएका बिरामीहरुलाई फर्काउनु पर्दा निकै गाह्रो महसुस हुने रहेछ। शय्या संख्या बढाउनुपर्ने टड्कारो आवश्यकता छ।’

समस्या बढ्यो, सेवा बढेन
पुरानो भौतिक संरचना र सीमित जनशक्तिमा खुम्चिएरै अस्पतालले आफ्नो सेवा दिइरहेको छ। स्थायी र करार गरी हाल यस अस्पतालमा ८५ जना कर्मचारी छन्। १६ जना नर्सिङ स्टाफ, ८ जना मनोचिकित्सक छन्। तर बढ्दो बिरामीको चाप अनुसार जनशक्ति कम भएको निमित्त निर्देशक डा अधिकारी बताउँछन्। 

अस्पतालको बहिरंग विभाग (ओपीडी) मा दैनिक डेढ सयदेखि २ सय सम्म बिरामीहरु आउँछन्। भर्ना हुने बिरामीहरु २ देखि ४ जनासम्म आउँछन्। मानसिक स्वास्थ्य क्षेत्रमा विभिन्न नयाँ उपकरण तथा सेवाको विकास भइरहेका बेला यो अस्पताल भने पुरानौ लयमै सञ्चालित छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

शय्याको कमी, पुरानो भौतिक संरचना र जनशक्तिको कमी नै अस्पताल सुधार तथा स्तरोन्नतिको मुख्य समस्याहरु हुन्। यसले गर्दा पनि अस्पतालमा नयाँ सेवा र विशेषीकरण सेवाहरु सुरु गर्न नसकिएको उनले बताए। मानसिक अस्पतालमा अझै पनि बाल मनोरोग, ज्येष्ठ नागरिकमा हुने मानसिक रोग, अर्डर साइकाइट्रिक्स, ड्रग एब्युज, साइकोसेब्स्युल मेडिसिन लगायत थुप्रै सेवाहरु सुरु हुन सकेको छैन। 

मानसिक अस्पतालमा सबै बिरामीहरुको उपचार निशुल्क हुन्छ। तर, वार्डमा भर्ना हुने बिरामीले भने ५० रुपैयाँ मात्र तिर्नुपर्छ। ५० रुपैयाँ तिर्न नसक्ने बिरामीको सबै नि:शुल्क उपचार हुन्छ। 

उनले भने, ‘हामीले अहिले मात्र परम्परागत सेवाहरु मात्र दिइरहेका छौँ। सुपर स्पेशलाइजेसनको जमाना आइसक्यो। थुप्रै विधाहरुमा छुट्टा छुट्टै सब स्पेस्यालिटी क्लिनीक खोल्न जरुरी छ। अब विशेषज्ञ अस्पतालले सामान्य सेवा दिएर मात्र हुँदैन।’

चुनौतीका बावजुद यस अस्पतालले गत वर्षदेखि रिपिटेटिभ ट्रान्सक्रनियल म्याग्नेटिभ स्टीमुलेसन (आरटीएमएस) सेवा सुरु गरेको छ। औषधिले काम गर्न नसकेका बिरामीहरुका लागि यो प्रविधि प्रयोग हुन्छ। स्लीप स्टडीका लागि ल्याब पनि स्थापना गरेको छ। हाल मानसिक अस्पतालको आफ्नो एउटा मात्र एम्बुलेन्स छ। 

मानसिक अस्पतालमा सबै बिरामीहरुको उपचार निशुल्क हुन्छ। तर, वार्डमा भर्ना हुने बिरामीले भने ५० रुपैयाँ मात्र तिर्नुपर्छ। ५० रुपैयाँ तिर्न नसक्ने बिरामीको सबै नि:शुल्क उपचार हुन्छ। 

तीन सय शय्याको अस्पताल बनाउने योजना 
बढ्दो समस्या र बिरामीको चाप अनुसार मानसिक अस्पतालको शय्या तीन सय हुनुपर्ने हो। निर्देशक डा अधिकारीले तीन सय शय्याको अस्पताल बनाउने योजनालाई आफ्नो दीर्घकालीन योजना अन्तर्गत राखेका छन्। तत्कालका लागि भने एक सय शय्या थप गर्ने उनको तयारी छ।

आगामी वर्षसम्ममा एक सय शय्या थप गर्ने तयारीसहित काम भइरहेको उनी बताउँछन्। तर, तत्काल भने दश शय्या बढाउन सकिने अवस्था रहेको उनले बताए। 

शय्या थप गर्नका लागि अस्पतालको वार्ड भवनमाथि प्रिफ्याबको छाना राखेर निर्माणको काम भइरहेको छ। 

उनले भने, ‘हाम्रो दीर्घकालीन योजनामा तीन सय शय्याको बनाउने भन्ने हो। अहिले चाँही कम्तीमा एक सय शय्या मात्र थप्न पाइयो भने पनि राहत मिल्छ। एक सय शय्या थप गर्नका लागि सरकारले ओएनएम सर्भे गर्न बाँकी छ। संघ अन्तर्गत रहेका अस्पतालहरुको ओएनएम सर्भे गर्ने शिलशिला चलेको छ।’

गत वर्ष कोभिड महामारीका बेला कोरोनाका बिरामी मानसिक अस्पतालमा राख्ने सरकारको तयारी थियो। सरकारी दबाब स्वरुप कोभिड बिरामीका लागि हाइ डीपेन्डेसी युनिट (एचडीयु) शय्याको व्यवस्थापन गरेको थियो। यसले गर्दा मानसिक रोगीका लागि शय्या बढाउनुपर्ने स्थान समेत ओगटेको उनले बताए। 

मनोरोग पनि शरीरमा लाग्ने अन्य स्वास्थ्य समस्या जस्तै हो। यो कुनै पूर्व जन्मको पापसँग जोडिएको होइन। यो रोग नै हो।

ती शय्या अन्य अस्पतालमा हस्तान्तरण गरेर ती स्थानमा मानसिक रोगीका लागि शय्या थप गर्ने, राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्रको रुपमा विकास, सबै किसिमको सेवा दिने, कर्मचारीहरुको दरबन्दी बढाउने उनको योजना छ। 
‘मानसिक स्वास्थ्यको प्राथमिकता कागजमा प¥यो अब कार्यान्वय हेर्न बाँकी छ’

उनको बुझाईमा समग्र मानसिक स्वास्थ्य नै छाँयामा परेको विषय हो। तर हाल भने सरकारले मानसिक स्वास्थ्यको महत्व बुझ्न थालेको उनी बताउँछन्। 

अहिले स्वास्थ्य सेवा विभागमा मानसिक स्वास्थ्य शाखा खुलेको छ। मानसिक स्वास्थ्य रणनीति २०७७ बनेको छ। त्यो कुराले सरकारको प्राथमिकतामा पर्न खोजेको हो की भन्ने देखिन्छ। 

उनले भने, ‘त्यो रणनीतिमा केन्द्रीय अस्पताललाई स्तरोन्नति गर्ने भन्ने कुरा परेको छ। त्यसैले कागजमा बन्यो अब कार्यान्वयनको पाटो हेर्न बाँकी छ।’

सरकारले दुई सय शय्याभन्दा माथि अस्पतालमा मानसिक रोगको उपचारका लागि कम्तीमा दश शय्या छुट्याउनुपर्ने निर्णय गरेको छ। तर यो मात्र पर्याप्त नहुने उनले बताए। मानसिक अस्पताल सातै प्रदेशमा हुनुपर्ने र केन्द्रीय अस्पताललाई स्तरोन्नति गरेर रेफरल सेन्टरको रुपमा विकास गर्नुपर्ने उनले बताए।  

मानिसक समस्या बारे खुलेर कुरा गरौँ
मानिसक अस्पतालमा विशेष गरेर कडा खालका बिरामीहरु आउने गर्छन्। सामाजिक लाञ्छना र भेदभावका डरले मानिसक स्वास्थ्य समस्याहरु अझै पनि लुकाउने गरेको उनले बताए। समयमै उपचार गरे मानिसक समस्याहरु निको हुने उनले बताए। 

धेरैजसो वयस्क उमेरका व्यक्तिहरु मानसिक स्वास्थ्य समस्या लिएर अस्पताल पुग्ने गरेका छन्। मानिसको जीवनशैली, सामाजिक परिवेश, आर्थिक अवस्था, मादक पदार्थ तथा लागू औषधको प्रयोग, माइग्रेसन, बेरोगजारी, वैदेशिक रोजगारी, पारिवारिक विखण्डन लगायतले गर्दा पनि मनोरोग बढ्दै गएको उनी बताउँछन्। 

‘मनोरोग पनि शरीरमा लाग्ने अन्य स्वास्थ्य समस्या जस्तै हो। यो कुनै पूर्व जन्मको पापसँग जोडिएको होइन। यो रोग नै हो। त्यसैले यसलाई स्वास्थ्य समस्याको रुपमा लिनुपर्छ र खुलेर कुरा गर्नुपर्छ। अनि उपचारको दायरामा आउनुपर्छ’ उनले भने। 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी
सम्बन्धित सामग्री
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी बैंकले आज एक एड्भाइजरी जारी गर्दै अनलाइन ठगीबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानबारे जानकारी गराएको हो। राष्ट्र बैंकको वित्तीय जानका... शनिबार, असोज ३१, २०८३
पत्रकार श्रेष्ठ र पन्तबीच साइबर ब्युरोमा छलफल जारी आज बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली श्रेष्ठको घर पुगेको थियो। प्रहरी उच्च स्रोतका अनुसार कार्यालयका एसए... शनिबार, असोज ३१, २०८३
युवराज सम्राको शतकमा क्यानडाले नेपाललाई दियो २५७ रनको लक्ष्य ओमान क्रिकेट एकेडेमी टर्फ १ मा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा अलआउट हुँदै २५६ रन बनाएको हो । सम्राले ११७ बलमा १०५ र... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्